फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, साउन ११।  लगातार रेकर्ड बनाइरहेको सुनको मूल्यले आइतबार  फेरी नयाँ रेकर्ड बनाएको छ। शुक्रबार  बनेको रेकर्ड तोड्दै आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा ५  सय रुपैयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार  छापावाला सुनको मूल्य ९६ हजार ३ सयमा कायम भएको छ।

सुनको मूल्य बिहिबार  प्रतितोला ९४ हजार ५ सय पुग्दै रेकर्ड बनाएको थियो। जसलाई तोड्दै शुक्रबार छापावाला सुनको मूल्य मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको थियो।

आइतबार तेजावी सुनको मूल्यमा पनि ५  सय रुपैंया वृद्धि भएको छ। आइतबार  तेजावी सुन प्रतितोला ९५ हजार ८  सय ६०  मा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ५५  पुगेको छ।

प्रकाशित : आइतबार, साउन ११, २०७७०५:२७

फेरी बढ्यो सुनको मुल्य, यस्तो छ आजको भाउ!