फेरी बढ्यो सुनको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ,साउन १६ । केहि सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज फेरी  बढेको छ । शुक्रबार सुनको मूल्य ३  सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो मूल्य हाल सम्मकै उच्च हो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयामा कायम रहेको छ।

केहि समय देखि सुनको मूल्यमा लगातार रेकर्ड बनिरहेका छन्।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९८ हजार ८  सय ६५  मा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाले घटेको छ ।  आज चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयामा कायम रहेको छ।

प्रकाशित : शुक्रबार, साउन १६, २०७७०७:१२

लगातार बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!