काठमाडौँ – काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। कोरोना भाइरस संक्रमणको पुष्टि हुनेहरुमा भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जना रहेका छन्।

उनीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै वडा कार्यालयले सूचना जारी गर्दै परीक्षण गराउन सार्वजनिक आह्वान गरेको छ। वडा अध्यक्ष चिनियामान बज्राचार्यले कोरोना पुष्टि भएका दुवै जनाको सम्पर्कका आएका सम्पूर्णलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

“भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध छ।”,वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ।

वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।

