तीन दिनमा १ हजार ९ सयले बढ्यो सुनको मूल्य, आज पनि बन्यो रेकर्ड !

काठमाडौँ – लगातार बढीरहेको सुनको मूल्य मंगलबार पनि बढेको छ। मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैंयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ९८ हजार २ सय कायम भएको छ। नेपाली बजारमा सुनको यस मूल्य अहिले सम्मकै उच्च हो।

केहि हप्ता देखि लगातार बढिरहेको सुनको भाउले दिनहुँ नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ। शुक्रबार ९५ हजार ८ सय भएको सुनको मूल्य आइतबार ५ सय रुपैंया बढेर ९६ हजार ३ सय पुगेको थियो। आइतबार बनेको रेकर्ड १ हजार २ सय रुपैंयाले बढेसँगै सोमबार तोडिएको थियो। नेपाली बजारमा आइतबार पछि मात्रै तोलामा १ हजार ९ सयले बढेको छ।

मंगलबार तेजावी सुनको मूल्य पनि ७ सय रुपैंयाले बढेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० मा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २ सय ४५ पुगेको छ। सोमबार १ हजार २ सय १० मा कारोबार भएको चाँदीको मूल्य मंगलबार ३५ रुपैंयाले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ ।  महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै रु एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उनको भनाइ छ ।

प्रकाशित : मङ्गलबार, साउन १३, २०७७०५:३५

“नेपालीलाई नेपालीकै जमिनमा रोक्ने अधिकार भारतसँग छैन, सरकारले तत्काल प्रतिवाद गरोस्”