काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा भदौको अन्तिम हप्ता देखि शुरु हुने भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि स्थगित भएका शिक्षाशास्त्र संकायका परीक्षाहरु त्रिविले भदौको अन्तिम हप्ता देखि लिने भएको हो।
लकडाउनका कारण स्थगित सेमेस्टर प्रणालीका स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) का परीक्षा भदौ अन्तिमबाट शुरु गरिन लागिएको बारे त्रिविले एक सूचना सार्वजनिक गर्दै जानकारी गराएको छ।
परीक्षा नियन्त्रण महाशाखाद्वारा सार्वजनिक सूचनामा भदौ चौथो हप्तादेखि असोज अन्तिम हप्तासम्म परीक्षा सञ्चालन हुने उल्लेख गरिएको छ। यधपी उक्त सूचनामा परीक्षा तालिका बारे भने केहि पनि खुलाइएको छैन।
शिक्षा संकायको डीन कार्यालयका अनुसार स्नातक तहको खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको विज्ञान शिक्षा प्रथम र छैटौं सेमेस्टरको भाद्र चौँथो हप्ता हप्ता र (खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको सामाजिक अध्ययन शिक्षा) को पनि सोही हप्ता सञ्चालन गरिनेछ।
साथै स्नातक तहकै आठौं सेमेस्टरको असोज तेस्रो हप्ता सञ्चालन गरिनेछ भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको क्रमशः असोज पहिलो र चौथो हप्ता सञ्चालन हुनेछ।