काठमाडौँ – मंगलबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नव-नियुक्त प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ सय ११ जनामा भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका १ सय २१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। जससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ।

कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले जानकारी दिए ।

