एजेन्सी, बलिउड चलचित्र उद्योगको शुरुवात भएको करिब १ सय वर्ष भईसकेको छ। बलिउडको सुरुवात दादा साहेब फाल्केले एक मौन चलचित्रबाट भएको थियो।
बलिवुड चलचित्र उद्योगमा यस्ता कलाकारहरु पनि रहेका छन्, जो एकै परिवारबाट समेत आएका छन। बलिउडमा देखिने प्राय कलाकारका आफन्तहरु समेत फिल्मी लाइनमा हने गर्छन्।
एकै परिवारका पिता देखि नाति सम्म पनि बलिउडमा सक्रिय रहेको देख्न सकिन्छ। यस लेखमा आज हामी सम्बन्धले साला-भिनाजु र जेठान-ज्वाईं पर्ने बलिउड कलाकारहरु बारे चर्चा गर्नेछौं।
१- सैफ अली खान/ रणबीर कपूर
सैफ अलि खानले पटक सन् २०१२ मा करिना कपुरसँग विवाह गरे पश्चात उनको नाता रणवीर कपुरसंग पनि जोडिन पुगेको हो। रणवीर करिनाको भाइ पर्छन् । त्यसैले यी दुई बलिउड हस्तीहरुको व्यक्तिगत सम्बन्ध साला र भिनाजुको रहेको छ।
२- कुणाल कपूर – अभिषेक बच्चन
‘रंग दे बसन्ती , बिरम ,आज नचले’ जस्ता चलचित्रमा काम गरिसकेका बलिवुड अभिनेता कुणाल कपुरले सन् २०१५ मा अभिनेता अभिषेक बच्चनकी बहिनी नैना बच्चन सँग विवाह गरेका थिए। त्यसैले यो दुई ज्वाई -जेठान रहेका छन्।
३- कुणाल खेमू /सैफ अली खान
सन् २०१५ मा सैफ अलि खानकी बहिनी सोहा अलि खानले बलिउड अभिनेता कुणाल खेमूसंग बिवाह गरेकी थिइन्। त्यसै विवाह पश्चात अभिनेता सैफ र कुणाल बीच ज्वाई जेठानको सम्बन्ध हुन गएको हो।
४- अक्षय कुमार / करण कपाड़िया
यहि वर्ष देखि बलिवुड चलचित्र नगरीमा पाईला टेक्न लागेका करण कपडीया बलिउड स्टार अक्षय कुमारका साला पर्छन्। करण अक्षयकी श्रीमती ट्विंकलका आफ्नै भाइ रहेका छन्।