यी ९ सर्वोत्कृष्ट फिल्म जसले शाहरुखलाई बलिउडको बादशाह बनायो !

माई नेम इज खान (२०१०)
निर्देशक : करण जौहर

शाहरुख खानलाई विशेषत: रोमान्सले भरिपूर्ण फिल्ममा अभिनय गराउने निर्देशक तथा निर्माता करण जोहरले अन्तर्राष्ट्रिय स्तरमा खान सरनेम हुनेहरुप्रति कस्तो व्यवहार हुन्छ भन्ने कुरा ‘माई नेम इज खान’ को माध्यमबाट देखाईएको छ। रिजवान खान नामका अत्यन्तै सोझो-सिधा मुस्लिम युवकको भूमिका निभाएका शाहरुख अभिनय यस फिल्ममा दिल छुने खानको थियो। फिल्मले अन्तर्राष्ट्रिय स्तरमै सफलता हासिल गरेको थियो। यो फिल्म सन् २०१० मा रिलिज भएको थियो।

डर(१९९३)
निर्देशक : यश चोपडा

जुही चावलालाई जब शाहरुख खान क…क…क… किरण नाम भनेर बोलाउँछन् तब सिनेमाहलमा बसेका दर्शकका शरीरमा काँडा उम्रिन्छ। शाहरुखले यसमा एक मनोरोगीको भूमिका निभाएका छन्, जो एक युवतीलाई हृदयदेखि नै चाहन्छन् र आफ्नो र युवतीको बीचमा आउने सारा रोकावट हटाउनको लागि उनी जुनसुकै हदसम्म जान पनि सक्छन्। शाहरुख खानले यस सजिव अभिनय गरेका छन् र दर्शकमा डर पैदा गरेका छन्। फिल्म हेरिसकेपछि हिरो नभएर भिलेनको याद बढी आउँछ, जुन शाहरुखको अभिनयको कमाल हो।

करण अर्जुन (1995)
निर्देशक : करण जोहर

टिपिकल फर्मुला वाला फिल्म। बदला, आमा, पूनर्जन्म, भाई वाला फर्मुलालाई यति सही तरिकाले पेश गरिएको छ कि फिल्म ब्लकबस्टर साबित भयो। शाहरुख र सलमानको जोडीलाई दर्शकले अत्यन्तै मन पराए। सलमानले फिल्ममा आफ्नो क्यारेक्टरको अन्डरप्ले गरेका छन् भने अर्कोतर्फ शाहरुखले आफ्नो चरित्रमा जोश भरेका छन्।

दिलवाले दुल्हनिया ले जाएंगे (१९९५)
निर्देशक : आदित्य चोपडा

‘दिलवाले दुल्हनिया ले जाएंगे’ पछि शाहरुख खान रोमान्सको बादशाह भनेर चिनिन थालेका हुन्। रोमान्टिक फिल्महरुबाट टाढिने शाहरुख मुश्किलले यो फिल्मको लागि राजी भएका थिए। राजको भूमिका उनले यसरी निभाएका छन् कि हरेक युवती आफ्नो प्रेमीमा राजलाई खोज्ने प्रयास गर्छन्। बलिउडको इतिहासमा सर्वाधिक सफल फिल्महरुमध्येको एक यस फिल्म १९९५ देखि मुम्बईको एक सिनेमाघरमा अहिले पनि दर्शकलाई आकर्षित गरिरहेको छ।

देवदास (२००२)
निर्देशक : सञ्जय लीला भन्साली

शाहरुखको आँखामा सञ्जय लीला भन्सालीले दर्द देखे र उनले आफ्नो मनपर्ने हिरो सलमान खानको सट्टा शाहरुखलाई ‘देवदास’ को भूमिका दिए। शाहरुखको अभिनयको तुलना दिलिप कुमार र कुन्दनलाल सहहलद्वारा अभिनित ‘देवदास’ सँग भयो। देवदासको उग्रता र दर्दलाई शाहरुख खानले दिलोज्यान दिएर सजिवताको आभाष दिलाए।

वीर जारा (२००४)
निर्देशक : यश चोपडा

यस फिल्ममा शाहरुखले एक यस्तो प्रेमीको भूमिका निभाएका छन् जो आफ्नी प्रेमिकालाई वर्षौसम्म पर्खिरहन्छ। शाहरुखले पूरा इमान्दारिताको साथ काम गरे तर यो फिल्म आशा गरे जति सफल रहेन। प्रेमको परिभाषा बदलिरहेको थियो र यसै कारण युवाहरुले यो फिल्म मन पराएनन्।

स्वदेश (२००४)
निर्देशक : आशुतोष गोवारीकर

सुपरस्टार बनेपछि शाहरुखको एक इमेज दर्शकको दिमागमा छाप सरह बस्यो। दर्शकले उनलाई खास शैलीमा मात्र हेर्न चाहे। मनभित्रको कलाकार छटपटायो र शाहरुखले आफ्नो इमेज विपरित ‘स्वदेश’ नामक फिल्ममा काम गरे। नासामा प्रोजेक्ट म्यानेजर मोहन भार्गव भारतको गाउँको स्थिति देखेर स्वदेशमै बस्ने निर्णय गर्दछ। यस विचारोत्तेजक फिल्ममा शाहरुखको अभिनय हेर्न लायकको थियो। फिल्म असफल रहे पनि यो शाहरुखको उत्कृष्ट फिल्महरुमध्ये एक हो।

डन (२००६)
निर्देशक : फरहान अख्तर

स्टाइल र एट्टिच्युडको साथ शाहरुख ‘डन’ बनेर दर्शकको दिलदिमागमा बसे। रोमान्सको दुनियाँबाट बाहिर निक्ली उनले अपराधको अँध्यारो दुनियाँमा गन र गर्ल्सको कदम राखे। शाहरुख डन बनेको अमिताभ प्रेमीहरुलाई खासै मन परेन, तर उनका फ्यानहरुलाई किंग खानको यो रुप राम्रो लाग्यो। सन् २००१ मा डन २ रिलिज गरी उनले यस सिरिजलाई अझ अगाडी बढाए।

चक दे इण्डिया (२००७)
निर्देशक : शिमित अमीन

शाहरुख खानले एक पटक फेरी आफ्नो इमेजलाई टाढै राखी फिल्ममा काम गरे र यस पटक पनि उनले सफलता हात पारे। एक महिला हकी कोच कबिर खानको रोललाई उनले यति सजीवताको आभाष दिलाए कि दर्शकले शाहरुख खानलाई नै भुले। कलेज पढ्दा ताका हकी खेल्ने शाहरुख यस रोलको लागि पर्फेक्ट भए। फिल्ममा उनले एक कमजोर टिमको मनोबल बढाउँछन् र त्यो टिमलाई च्याम्पियन बनाउँछन्।

प्रकाशित : आइतबार, साउन १८, २०७७०९:२८

किस शिन दिन कुनै अफ्ठ्यारो मान्दैनन् यी ७ बलिउड नायिका, कथामा बग्दै दिन्छन् किस शिन