अनशनरत ई अस्पताल भर्ना, अस्पतालबाटै अनशनलाई निरन्तरता दिने !

१७ दिनदेखि वसन्तपुरमा अनशन बसेका ई अस्पताल भर्ना भएका छन्। उनी कोरोनाभाइरस महामारीमा उचित व्यवस्थापनको माग राख्दै अनशनरत छन्।

सोमबार बिहानबाट स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको इनफ इज इनफका एक अभियन्ताले जानकारी दिए। उनको मुटुको धड्कन कम भएको र रगतमा चिनीको मात्रा कम भएको छ। किड्नी र पिसाबमा एसिटिनको स्तरमा पनि आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

ई ले अस्पतालबाटै अनशनलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित : सोमबार, साउन १९, २०७७०८:०५

बँदेल मार्नका लागि थापिएको विद्युत्मा परेर दाजु-भाईको मृत्यु !