स्पेन तथा रियल मड्रिडका पूर्व कप्तान इकर क्यासिलासले लिए खेल जगतबाट सन्यास !

पूर्व रियल मैड्रिड र स्पेनका गोलकीपर इकर क्यासिलासले ३९ वर्षको उमेरमा फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

क्यासिलासले आफ्नो उत्कृष्ट क्यारियरमा स्पेनको साथ २०१० को विश्व कप र  दुई युरोपेली च्याम्पियनशिप र रियलको साथमा तीन पटक च्याम्पियन्स लिग जितेका छन्।

गत वर्ष मे महिनामा पोर्टोसँगको प्रशिक्षणको क्रममा उनलाई हृदयघात भएको थियो तर केही महिना पछि नै उनीको स्वास्थ्य अवस्था ठिक भएको थियो। तर त्यसपछि भने उनी मैदानमा फर्किएका थिएनन् र अब उनले आफ्नो क्यारियर समाप्त गर्ने निर्णय गरेका हुन्।

मंगलबार आफ्नो ट्वीटर अकाउन्ट मार्फत ट्वीट गर्दै आफूले खेल जगतबाट सन्यास लिने निर्णय गरेको घोषणा गरेका हुन्।

उनले लेखका छन् ,”महत्त्वपूर्ण कुरा भनेको तपाईले यात्रा गर्ने मार्ग र तपाईका साथ रहेका मानिसहरू हुन्, न कि गन्तव्य हो। र मा यो कुरा बेझिजक भन्न सक्छु कि मेरो करियर  एउटा रमाइलो यात्रा र सपनाको गन्तव्य थियो।”

प्रकाशित : मङ्गलबार, साउन २०, २०७७१४:१४

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै हप्ता फर्कंदै !