यो न्युजील्याण्डको सबैभन्दा नराम्रो र खतरनाक दुर्घटना हो। २८ नोभेम्बर १९७९ को दिन, जब टी.ई ९०१ नामको विमान अन्टार्कटिकाको हिउँले भरिएको पहाडहरू पार गर्दै थियो, त्यहाँ एउटा ठूलो विस्फोट भयो। उक्त विमानमा २५७ जना यात्रु सवार थिए। त्यो दुर्घटनाले न्यूजील्यान्डलाई ठूलो झटका दियो। विरलै जनसंख्या भएको देशका सबै नागरिकहरू उक्त दुर्घटनाबाट प्रभावित थिए। धेरै वर्षसम्म यस दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरियो र सबै पक्षले एक अर्कालाई आरोप मात्र लगाइरहे। यस दुर्घटनालाई माउन्ट इरेबस ट्रयाजिडी नाम दिइयो जुन दुर्घटनालाई आजसम्म पनि न्युजील्याण्डले बिर्सिएको छैन।

कसरी भएको थियो त प्लेन दुर्घटना ?
यस दुर्घटना हुनुभन्दा दुई वर्ष अघि देखि एयर न्यूजील्याण्डले अन्टार्कटिकाको लागि विशेष उडान सुरु गरेको थियो। यो विशेष सेवालाई मानिसहरूले धेरै मन पराएका थिए। अकल्याण्डबाट उड्ने यो विशेष उडान आकाशमा ११ घण्टाको यात्रा गरेर जब पृथ्वीको दक्षिणी भागमा रहेको अन्टार्कटिका महाद्वीपमा पुग्थ्यो तब उक्त उडान निकै रमणीय हुने गर्थ्यो। पृथ्वीको एक छेउमा हिउँ परेको पहाडहरू हेर्नु अत्यन्तै रमाइलो अनुभव थियो। तर नोभेम्बर २८,१९७९ को दिन चीजहरू यति सुन्दर भएनन्। दिउँसो १२ बजेतिर विमानका पाइलट क्याप्टेन जिम कोलिन्सले विमानलाई २००० फिट (६१० मिटर) तल ल्याए, उनले आफ्ना यात्रुहरूलाई प्रकृतिको नजीक ल्याउन चाहेका थिए।

क्याप्टेन जिमलाई लाग्यो कि सधैँ झैँ सबै कुरा सामान्य छ। उनलाई विमानमा कुनै गडबड भएको जस्तो लागेन। प्लेन भित्रक मानिस तस्विर लिन र भिडियो बनाउन व्यस्त थिए। ती मध्ये केही चित्रहरू त दुर्घटना हुनुभन्दा केही सेकेन्ड मात्र अगाडीका थिए। हवाईजहाजबाट केही दूरीमा हिउँले भरिएका पहाडहरू थिए र विमान तिनीहरू माथि उडान गर्दै थियो। तब क्याप्टेन र उनका साथीहरूले प्लेनको नजिकै एक पहाड छ भनेर महसुस गरे। दिउँसो १ बजेतिर जब आपतकालिन अलार्म विमानमा बज्यो, त्यसको ६ सेकेन्डपछि विमान माउन्ट एरेबसमा ठोक्कियो। उक्त दुर्घटनामा २२७ यात्रु र ३० जना चालक दलका सदस्यहरूले ज्यान गुमाए। ती मध्ये ४४ जनाको पहिचान हुन सकेन।

