महिलाहरुको बारेमा केही अचम्म लाग्ने तथ्य, हरेक पुरुषहरुले जान्नै पर्ने !

पुरुषहरुलाई महिलाहरुको हरेक कुरा थाहा पाउन धेरैनै उत्सुकता हुने गर्छ। हरेक महिलाहरुको फरक-फरक धारणा साथै व्यवहार हुने हुँदा महिलाहरुको खास सोचाई के हुन्छ भनेर बुझ्नलाई धेरैनै गार्हो रहने गर्छ। महिलाहरुको मनमा के हुन्छ भनेर भन्न खासै सजिलो छैन। यदि एक पुरुष महिलाको बारेमा हरेक कुरा जान्ने कुरामा घमण्ड गर्छ भने त्यो धेरैनै गलत बुजाई हुनेगर्छ। आज हामी तपाईलाई महिलाहरुको बारेमा केहि रोचक तथ्य बताउने छौं,जुन तपाईलाई थाहा नहुन सक्छ।

महिलाहरु विशेषतः पुरुषहरुको कपडामा धेरै ध्यान दिने गर्छन्। साथै आफ्नो सहयात्री पनि पहिरनमा धेरै संवेदनशील रहोस भन्ने चाहना राख्ने गर्छन्। महिलाहरुको बुझाइमा पुरुषहरुको पहिरनले व्यक्तित्व झल्काउने गर्छ। यदि पुरुष पहिरनको विषयमा धेरैनै संवेदनशील छन् भने यस्ता पुरुषहरुलाई महिलाहरुले मन पराउने तथ्यहरुले देखाएको छ।

यदि एक महिला अथवा युवती प्रेम सम्बन्धमा रहेकी छिन् भने उनलाई आफ्नो प्रेमीको हरेक कुराहरु मन पर्ने हुन्छ। मन नपरेको जस्तो व्यवहार गरेता पनि भित्र-भित्रै भने हरेक व्यवहार मन पराउने बनि रहेको हुन्छ।

आफ्नो प्रेमीले हरेल कुराको तारिफ गरेको सुन्ने चाहना राख्ने हरेक महिलाहरुको बानी रहेको हुन्छ। कोहि पुरुष धेरैनै व्यस्त हुन्छ भने पनि आफ्नो प्रेमिका अथवा श्रीमतीलाई कम मात्र समय दिएमा मात्रै पनि खुशी हुने गर्छन्। आफ्नो सहयात्रीले सुख मात्रै नभई दुख पनि बढोस भन्ने भावना भएका कारण महिलाहरु आफ्नो प्रेमीको थोरै समय मात्रै पाए पनि सन्तुष्ठ रहन सक्छन्।

महिलाहरुको समस्याको हल आफ्नो प्रेमीले सजिलै गर्न सक्छ भन्ने विश्वास भएका कारण आफ्नो सानो समस्या पनि सुनाउने गर्छन्। साथै आफ्नो हरेक व्यवहार आफ्नो प्रेमीले मन पराउन भन्ने सोच्ने गर्छन्।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७१४:५५

यी १० देशहरुसँग छैनन् आफ्नो सुरक्षा बल, छिमेकीले गरिदिन्छन् सुरक्षा !