एजेन्सी- संसारका केहि देशहरुले ठूलो संख्यामा प्रहरी तथा सेनाहरु परिचालन गरेर आफ्नो देशमा सुरक्षा व्यवस्था कडा बनाउने गरेका छन् भने केही देशहरु यस्ता पनि छन् तिनीहरुको आफ्ना प्रहरी तथा सेनानै छैनन्। आफ्ना देशमा सेना तथा पुलिसहरु नभएका कारण सुरक्षा व्यवस्थाका लागि यिनीहरु अन्य छिमेकि देशहरुसँग सम्झौता गर्न बाध्य हुने गरेका छन्। आज हामी तपाईहरुलाई यस्ता केही १० देशहरुको बारेमा बताउन जाँदै छौँ जहाँ आफ्ना सुरक्षाकर्मी नभएका कारण सुरक्षा व्यवस्थाका लागि अन्य देशहरुसँग निर्भर रहन बाध्य हुने गरेका छन्।
१. मार्शल दिप:
प्रसान्त महासागरमा पर्ने यो देशको कूल जनसंख्या ५२,६३४ रहेको छ तर यहाँ कुनै सुरक्षा बल नरहेको कारण सुरक्षाका लागि अन्य छिमेकी देशहरुसँग सम्झौता गर्न बाध्य हुनुपर्ने अवस्था छ।
२.सोलोमन दिप समूह:
सोलोमन द्वीप समूह, दोस्रो द्वीप समूहको दक्षिण प्रसान्त क्षेत्रमा पर्छ। वर्षीनै धेरैको संख्यामा पर्यटकहरु यस क्षेत्रको अवलोकन गरि यहाँ उपलब्ध विभिन्न रमाइला खेलहरुमा सहभागी हुने गरेका छन्। यसरी पर्यटकहरुको रोजाईमा पर्न सफल यस क्षेत्रमा आस्ट्रेलिया र न्यूजील्याण्ड बिचको युद्दको कारण कुनै पनि सुरक्षा बल नरहेको जानकारीमा बताइएको छ।
३.पलाऊ:
प्रसान्त महासागरमा पर्ने यो देशपनि एक द्वीप हो।यो देश आफ्नो सौन्दर्य वातावरण र स्कूबा डाइविंगको लागि विश्वभर प्रसिद्ध छ।यहाँ जम्मा ३० प्रहरी र सेनाहरु मात्र रहेका छन्।
४.भेटिकन सिटी:
वेटिकन सिटी एक यस्तो देश हो जहाँ सुरक्षाका लागि अन्य देशसँग निर्भर हुनुको विकल्प छैन। आफ्ना देशमा कुनै सुरक्षा बल नभएका कारण अनौपचारिक रुपमा इटालीका पुलिस तथा सेनाले वेटिकन सिटीमा सुरक्षा दिने गरेका छन्।
५. डोमिनिका:
डोमिनिकामा पनि आफ्ना कुनै पनि सुरक्षा बल नभएका कारण अन्य छिमेकी देशहरुसँग सम्झौता गर्नुको विकल्प छैन। यो देशमा पाईने विभिन्न झरनाहरुको कारण विश्वभर प्रसिद्ध रहेको छ।
६. समोआ:
सामोआमा पनि समोआ द्वीपको स-साना समूहहरु रहेको छ। यस देशमा आफ्ना कुनै सुरक्षाबल नभएका कारण यहाँको सुरक्षाको जिम्मा न्यूजील्याण्डले लिएको छ।
७. तुवालु:
दक्षिण प्रसान्त महासागरमा पर्ने यस देशमा थोरैको संख्यामा पुलिस भएपनि सेनाहरु छैनन्। यहाँको अन्तरिक सुरक्षा सहित समुद्री क्षेत्रको निगरानीका लागि पुलिसहरु परिचालन परिचालन गरिएको छ।
८.एन्डोरा:
एंडोरा यूरोपको सबैभन्दा सानो देश हो र यहाँ करिब ८५ हजारको संख्यामा मान्छेहरु बसोवास गर्ने गर्छन। यस देशमा आफ्नो कुनै सुरक्षाबल नभएका कारण स्पेन र फ्रान्ससँग सुरक्षा व्यवस्थाको लागि सम्झौता गरिएको छ।
९. ग्रेनेडा:
सन् १९८३ मा अमेरिकाले आक्रमण गरे पश्चात यस देशमा कुनै सुरक्षा बल नरहेको बुझिएको छ। यसकारण सुरक्षा व्यवस्थाका लागि अन्य देशहरु सँग सम्झौता गर्न बाध्य रहेको छ।
१०: नेरु:
निरुमा पनि सेनाहरु छैनन् तर हतियार धारी पुलिसहरु रहेका छन्। यसकारण यहाँको सुरक्षा जिम्मेवारी आस्ट्रेलियालाई दिईएको छ।