भारतमा नियन्त्रण बाहिर कोरोना: अमेरिका र ब्राजिल भन्दा बढी संक्रमित भेटिए !

काठमाडौँ – दैनिक संक्रमणमा भारतले विश्वका सम्पूर्ण देशहरुलाई उछिनेको छ। बितेको २४ घण्टामा उच्च वृद्धिसँगै भारतले दैनिक संक्रमणमा अमेरिका र ब्राजिललाई उछिनेको हो।

बितेको २४ घण्टामा भारतमा ब्राजिल र अमेरिका भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। भारतमा गएको २४ घण्टामा ५६ हजार ६ सय २६ नयाँ कोरोना संक्रमित फेला परेका छन्। जबकी अमेरिका र ब्राजिलमा क्रमश: ५५ हजार र ५४ नयाँ कोरोना संक्रमित भेटिएका छन्।

कोरोनाबाट अतिप्रभाविट हुने मुलुकको सूचीको तेस्रो स्थानमा रहेको भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ६३ हजार २ सय ३९ पुगिसकेको छ। त्यहाँका कुल संक्रमित मध्ये ५६ हजार ६ सय २६ जनाको ज्यान गइसकेको छ। जस मध्ये ९ सय १९ जनाको गएको २४ घण्टामा ज्यान गएको हो।

महिनौंको लकडाउन पश्चात भारत ‘लुजडाउन’को अवस्थामा छ। तर, त्यहाँ दैनिक संक्रमितको संख्यामा उच्च वृद्धि भइरहेको छ। पहिल्लो समय त्यहाँ दैनिक ५० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिरहेको अवस्था छ। आइतबार पछि मात्र त्यहाँ २ लाख १० हजार भन्दा बढी संक्रमित फेला परेका छन्।

प्रकाशित : बिहिबार, साउन २२, २०७७०२:०६

“प्रधानमन्त्रीले जनतासँग डर र लाज मान्न छाडे” – गगन थापा