अभिनेता अनमोललाई कोरोना सङ्क्रमणको आशङ्का, गराए टेस्ट!

काठमाडौँ, साउन २३। अहिले संसारभर कोरोना (कोभिड-१९) भाइरसको महामारी फैलिएको छ । जसको जोखिम नेपालमा पनि दिन प्रतिदिन बढिरहेको छ । अझ लामो समय भएको लकडाउन खुकुलो भएसंगै कोरोना सङ्क्रमणको जोखिम अझ बढेको छ।

त्यस्तै कोरोनाको असर चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष परेको छ। रिलिजको तयारीमा रहेको थुप्रै चलचित्र पनि यत्तिकै थन्किएको छ । लकडाउन खुकुलो भएसंगै केहि म्युजिक भिडियो, विज्ञापन, रियालिटी शोजहरूको छायाङ्कन तथा प्रसारण भने विस्तारै सुरु भएको छ ।

यसैबीच चलचित्र अभिनेता  अनमोल केसीलाई पनि कोरोना भाइरस संक्रमणको आशङ्का गरिएको छ । केसीले केहि दिन अगाडी मात्रै एक स्कुटरको विज्ञापन छायाङ्कन गरेका थिए । सोहि छायाङ्कनमा संलग्न टिम मेम्बरका एक जनालाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अनमोलले पनि आफ्नो कोरोना  टेस्ट गराएका थिए र उनको  भने भोलि आउने  पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७०७:०९

काठमाडौँ-हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो !