भोलि साउन २४ गते कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन अकुकूल रहनेछ। शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ। उर्जा एवम उत्साह बढ्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। आमाबाट लाभ प्राप्त हुने देखिन्छ। आफन्तजन तथा मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मनमा चिन्ताका भावना उत्पन्न हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरि आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। आफन्तजन तथा परिवारका सदस्यका साथ मतभेद हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। खर्चमा वृद्धि हुनेछ। परिश्रम अनुरुप सफलता प्राप्त नहुँदा मन चिन्तित रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। धन प्राप्तिको शुभ योग रहेको छ। मित्रजनसँगको भेटले मन प्रशन्न रहनेछ। पत्नी तथा सन्तानबाट पनि लाभ प्राप्त हुने सम्भावना रहेको छ। उत्तम एवम स्वादिष्ट भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने देखिन्छ। आयमा वृद्धि हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनाले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहेछन्। पदोन्नतीको योग रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको लागि यस दिन फलदायी रहने देखिन्छ। धार्मिक तथा मांगलिक कार्यमा उपस्थित हुने अवसर मिल्नुका साथै धार्मिक यात्राको योग बन्ने सम्भावना रहेको छ। क्रोधका कारण मानसिक तनाब बढ्न सक्छ, ध्यान दिनुहोला। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुँदा मन प्रशन्न हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य गर्नको लागि समय शुभ रहेको छ। स्वास्थ्यमा समस्या आउन सक्छ। खान-पानमा विशेष ध्यान दिनुहोला। आफ्नो क्रोध र वाणीमा संयम राख्न जरूरी देखिन्छ। तपाईंको बोलीको कारण परिवारमा मतभेदको अवस्था सिर्जना हुनसक्छ। अधिक खर्च हुँदा आर्थिक पक्ष कमजोर हुनेछ। सरकारी क्षेत्रमा समय अनुकूल देखिँदैन।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको यस दिन परिवारका साथ आनन्दमय रूपले बित्नेछ। विपरित लिंगी प्रतिको आकर्षण बढ्नेछ। नयाँ वस्त्र प्राप्त हुनाले मन प्रशन्न रहनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। उत्तम एवम स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सामाजिक मान-सम्मानमा वृद्धि हुने देखिन्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार आउने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। स्त्री मित्रसँगको भेटले मन प्रशन्न रहनेछ। महिलाको माइती पक्षबाट शुभ समाचार प्राप्त हुने देखिन्छ। धन लाभको सम्भावना रहेको छ। अधुरा रहेका कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। परिवारमा सुख-शान्तिमय र आनन्दमय वातावरण रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्यमा समस्या आउनसक्छ, खासगरि पेट सम्बन्धि समस्या देखा पर्न सक्छ। यात्रा गर्दा निकै सावधानी अपाउनुहोला। सन्तानको स्वास्थ्यलाई लिएर मन चिन्तित रहने देखिन्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोल्स। साहित्य तथा कला क्षेत्रमा रुचि बढ्नेछ। प्रिय व्यक्तिसँग भेट गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा अपेक्षाकृत सफलता नमिल्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक अस्वस्थताको महशुस गर्नुहुनेछ। परिवारमा मतभेदको अवस्था सिर्जना हुने देखिन्छ। शरीरमा उर्जा तथा स्फूर्तिको कमी रहनेछ। आफन्तजनको साथ मनमुटाव हनसक्छ। छाती सम्बन्धि समस्या आउन सक्छ, ध्यान दिनुहोला। मानहानि हुने सम्भावना रहेको छ। यस दिन पानी तथा स्त्री जातिबाट टाढा नै रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

परिवारका साथ आनन्दमय समय बित्नेछ। मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार आउनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय निकै उत्तम रहेको छ। दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ। यात्राको योग बन्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। भाग्य वृद्धि हुनेछ। यस दिन तपाईंको मन प्रशन्न रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। खर्चमा वृद्धि हुनेछ। मित्रगणका साथ मनमुटावको अवस्था सिर्जना हुनसक्छ, ध्यान दिनुहोला। लेन-दिनको लागि पनि समय उत्तम रहेको छैन। आफन्तजनको साथ मदभेद हुने देखिन्छ। शारीरिक तथा मानसिक स्वास्थ्य सामान्य रहनेछ। मनमा नकारात्मक विचार उत्पन्न होला।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७१४:४५

कुन राशिको लागि कस्तो रहला यो हप्ता ? हेर्नुहोस् साप्ताहिक राशिफल !