केटीहरुलाई आफ्नो बनाउने चक्करमा केटाहरुले गर्छन यी ५ गल्ती, अपनाउनुस यस्तो उपाय !

जब माया र प्रेमसम्बन्धको कुरा चल्छ तब हाम्रो मनमा सबैभन्दा पहिले फिल्म र त्यहा भएको लब स्टोरीको याद आउने गर्छ। युवा-युवतीहरु पनि फिल्ममा देखाइएको दृश्यलाई एक-अर्कामा देखाउने प्रयास गर्छन्।  अधिकांस समयमा युवकहरु युवतीलाई प्रभावित पार्ने चक्करमा यस्तो कुराको सहारा लिने गर्छन।  त्यस्तै आजको समयमा कसैको मन  जित्न धेरै समय लाग्दैन तर एकअर्काको मन मिल्न भने समय लाग्छ। त्यसैले  युवतीहरुलाई प्रभावित गर्ने चक्करमा अधिकांश युवकहरुले यी गल्ति गर्छन जसले गर्दा  पछि गएर पछुताउनु पर्नेछ।

१. केहि हदसम्म मात्रै तारिफ गर्नुहोस: भनिन्छ युवतीहरुलाई तारिफ मनपर्छ, तर  तपाईले  बिहान-बेलुका र दिन-रात हरेक समयमा  उनको तारिफ गर्नु राम्रो हुदैन। जब तपाई कुनै युवतीलाई अनावश्यक तारिफ गर्नुहुन्छ तब उनि यसलाई खुसि होइन गलत अर्थमा लिन्छिन्।

२. छुने कोसिस गर्नु: तपाईले गलत मनसायले युवतीलाई छुने  कोसिस गर्नुहुन्न तर यदि तपाई हरेक कुरा गर्दा युवतीको हात समाउने, उनको नजिक जाने कोसिस गर्नुहुन्छ भने  उनले तपाईलाई गलत सम्झिन्छिन् ।

३. ओभर फ्रेन्डली हुने:  युवतीहरु धेरै संवेदनशील हुन्छन र सजिलै  कसैलाई विश्वास गर्दैनन् । यदि तपाई सुरुवातमै  कुनै युवतीसंग चाहिने भन्दा बढी फ्रेन्डली अर्थात् साथी बन्ने कोसिस गर्नुहुन्छ भने तपाई उनलाई कहिल्यै पनि प्रभावित गर्न सक्नुहुन्न।

४. सधै मिठा-मिठा कुरा गर्ने:  हरेक समय मिठो कुरा गर्नु र मायाले कुरा गर्नु, यी दुईमा फरक हुने गर्दछ। तपाई जुन युवतीलाई मन पराउनुहुन्छ उसलाई मायालू तरिकाले कुरा गर्नुहोस तर उनलाई प्रभावित गर्ने  चाहनामा हरेक समय मिठा कुरा गरेको उनलाई मन पर्दैन।

५. आफ्नो बारेमा बढाई-चढाई कुरा गर्ने: युवतीहरुलाई इम्प्रेस गर्नको लागि यो गल्ति अधिकांश युवकहरुले गर्छन । तपाईको बढाई-चढाई कुराले उनि प्रभावित हुन सक्छिन् तर जब उनले  तपाईको बारेमा साचो कुरा थाहा पाउछिन् तब बनेको सम्बन्ध पनि बिग्रने गर्दछ।

 अपनाउनुहोस्  यस्तो उपाय:

एउटा कुरा मनमा राम्रोसँग राख्नुहोस कि युवतीहरु आफ्नो नजिकको मान्छेको मन सजिलै पढ्न सक्छिन्।  त्यसैले उसको अगाडी कुनै पनि देखावटी नगर्नुहोस। यदि तपाईको मनमा कुनै युवतीको लागि साँचो भावना छ भने विस्तारै उनको मनसम्म पुग्ने कोसिस गर्नुहोस।

प्रकाशित : शुक्रबार, साउन २३, २०७७१५:२१

अप्रेशनको समयमा डाक्टरले हरियो/ निलो रंगको कपडा नै किन लगाउछन ? यस्तो छ कारण !