हामीले चलचित्रको पर्दामा होस् या वास्तविक जिवनमा हिस डाक्टरहरुले कुनै पनि बिरामीको उपचार गर्ने क्रममा निलो रंगको कपडा लगाउने गरेको देखेका छौं। तर आखिर किन यस्तो भएको होला तपाईले कहिल्यै सोच्नु या अनुमान गर्नु भएको छ। छैन भने आउनुहोस आज हामी यसैको सन्दर्भमा कुरा गर्न जादै छौं।
आज भन्दा केहि समय अगाडी ठुला डाक्टरदेखि सबैले सेतो रंगको कपडा नै लगाउने गर्दथे तर सन् १९१४ मा आएर एक जना बरिष्ठ डाक्टरले यस पारम्परिक ड्रेसलाई हरियो रंगमा परिवर्तन गरिदिए त्यसै समयदेखि नै डाक्टरहरुले निलो या केहिकेहिले हरियो कपडा लगाउने गरेका छन।यति मात्र नभई हरेक अस्पतालमा रखिएको पर्दाको रंग पनि कि त हरियो कि त निलो रंगकै हुन्छ। यसका अलावा अस्पतालमा कार्यरत कर्मचारीहरु पनि निलो /हरियो रंगको मास्क लगाऊछन आखिर यस्तो किन होला। हरियो /निलो कलरमा त्यस्तो के छ जुन अरु कलरमा छैन।
टुडे सर्जिकल नर्सको १९९८ मा छापिएको एक रिपोर्टका अनुसार हरियो रंगले आँखामा एक प्रकारको उर्जा दिने काम गर्छ। एकै प्रकारको रंग देख्दा देख्दा थकित भएको आँखाले अचानक फरक रंग देख्दा बिरामीहरुमा आराम महसुश हुने गर्दछ। यसका साथै बैज्ञानिकहरुका अनुसार हाम्रो आँखाको जैबिकीय निर्माण एक यस्तो प्रकारले भएको हुन्छ कि यो अक्सर हरियो , रातो र निलो रंग देख्नमा बढी सक्षम रहन्छ। साथै यी रंग मिश्रित निर्माण गरिएको रंगलाई पहिचान गर्न सक्ने क्षमता पनि आँखामा हुन्छ। अन्य रंगको तुलनामा आँखालाई हरियो / निलो रंगले नै बढी आराम दि न सक्ने भएकाले गर्दा अस्पतालका कर्मचारी लगायत पर्दाहरु पनि निलो रंगको नै हुने गर्दछ।
अप्रेशनको सन्दर्भमा पनि यहि कुरा नै मिल्दोजुल्दो हुन आउँछ किन कि जब डाक्टर कुनै बिरामको अप्रेशनका निमित्त खटिन्छ तब उसमा बिरामीको घाउ देखेर मानसिक तनाव हुन पुग्दछ जब कि हरियो /निलो रंगको कपडाले ति सबै तनाव कम गरि आँखालाई शान्ति दिन्छ र मानसिक तनाव कम गर्न मदत गर्दछ।

