अमेरिकासँग भएका यी १० शक्तिशाली ह-तियारकै कारण विश्व डराउने गर्छ (फोटो फिचर)

विश्वका शक्तिशाली राष्ट्रहरु आफ्नो शक्ति प्रर्दशन गर्ने होडबाजिमा लागिपरेका छन । यहाँ हामीले अमेरिकासँग भएका १० शक्तिशाली ह-तियारहरुको बारेमा चर्चा गरेका छौं । यि ह-तियारहरुलाई अमेरिकी सेनाले बिभिन्न युद्धमा प्रयोग गर्ने गरेका छन ।

एम क्यु ९ रिपर ड्रोन 
बनाउने : जेनेरल एटोमिक्स एरोनटिकल सिस्टम
सार्वजनिक मिति : २००१

८४ फिट फराकिलो पंखा भएको यो ड्रोन ले ७००० पाउण्ड को तौलको साथ टेक अफ गर्नसक्छ र ३६ घण्टासम्म लगातार उड्नसक्छ । ५२,००० फिट माथिसम्म उड्न सक्ने यो ड्रोनले २ माइल टाढाबाट पनि गुडिरहेका गाडिका लाइसेन्स पेल्ट पढ्न सक्छ ।

एए १२ एटचिसन एसल्ट सटगन 
बनाउने : म्याक्सवेल एटचिसन
सार्वजनिक मिति : २००५

यसले १२–गेज सेल प्रति सेकेण्ड फायर गर्न सक्छ । एउटा मात्र हात प्रयोग गरेर फायर गर्न सकिने एए १२ ले छरिएर बिस्फोट हुने फ्र्याग–१२ ग्रिनेड लाइ पनि १७५ मिटर सम्म उत्तिकै सटिकता साथ फाएर गर्नसक्छ । जाम नभइ ९००० राउण्ड सम्म फायर गर्न सक्ने यो सटगन लाइ लामो समयसम्म हुन सक्ने युद्धको लागि बनाइएको थियो ।

एडिएपिटिआइभि ट्याकं 
बनाउने : बिएइ सिस्टमस
सार्वजनिक मिति : २०१३

स्वीडेन मा बनेको यो ट्याकंले इन्फ्रारेड को सहयोगले काम गर्छ । वरिपरिको वातावरण जस्तै हुन सक्ने यो ट्याकं नदेखिने गरि हुन सक्छ । अरु कुनै बस्तु जस्तै पनि देखिन सक्ने यो ट्याकं लुकिलुकि काम गर्नको लागि बनाइएको थियो ।

फेजर राइफल 
बनाउने : डिपार्टमेन्ट अफ डिफेन्स
सार्वजनिक मिति : २००७

पर्सनल हाल्टिङ एण्ड सिमुलेसन रेस्पोन्स राइफल ले लेजरको मद्धतले अगाडिको मानिसहरुलाइ अन्धो बनाउन सक्छ । ह-तियार प्रयोग गरेर अन्धोपन ल्याउन नपाइने नियम ले गर्दा यसले केहि समयको लागि मात्र अन्धोपन गराउछ । हरियो लेजर प्रयोग गरेर टारगेट कति टाढा छ र कति शक्ति प्रयोग गरेर केहि समयको लागि मात्र अन्धोपन गराउन सकिन्छ भन्ने यसले थाहा पाउन सक्छ ।

टेजर सकवेभ 
बनाउने : टेजर
सार्वजनिक मिति : २००८

मानिसको भिडलाइ नै करेन्ट लागाउन सक्ने यो टेजर लाइ २५ फिट टाढाबाटै प्रयोग गर्ने सकिन्छ । गाडिमा राखेर पनि यसलाइ प्रयोग गर्न सकिन्छ ।

ब्लाक नाइट 
बनाउने : बिएइ सिस्टमस
सार्वजनिक मिति : २००८

रिमोट कन्ट्रोल बाट चलाउन सकिने यो ट्याकं मान्छेलाइ धेरै खतरा हुने मिसनमा प्रयोग हुन्छ । ३०० हर्सपावर को इन्जिन र ३० मिलिमिटर को क्यानन भएको यो ट्याकंले अटोमेटेड नेभिगेसन सफ्टवेयरको सहायता ले बिना मान्छे बाटो पत्ता लगाउन सक्छ ।

द एक्टिभ डिनाएल सिस्टम 
बनाउने : रथियोन
सार्वजनिक मिति : २००८

राडार र माइक्रोवेभको प्रविधि अपनाएको यो ह-तियारले विधुतचुम्बकिय वेभ सुट गर्न सक्छ । जुन छालाको बाहिरी सतहले सजिलै लिनसक्छ । जसबाट यति पिडा हुन्छ कि यसको मिलिटरि नाम नै ‘गुडबाइ वेपन’ राखिएको छ ।

द लेजर एभेन्जर 
बनाउने : बोइङ (बिए)
सार्वजनिक मिति : २००९

केहि सेन्टिमिटर व्यास भएको लेजर जुन आखाले देख्न सकिदैन, जुन इलेक्ट्रिक स्टोभ भन्दा २० गुणा तातो हुन्छ र ठुला ठुला ट्याकंहरु लाईपनि सजिलै काट्न सक्छ ।

मार्स रोबोट 
बनाउने : किनेटिक क्यु क्यु
सार्वजनिक मिति : २००९

बम डिस्पोज गर्न बनाएको यो रोबोटमा यमबि–२४० मेसिन गन, ४० मिमि को ग्रिनेड लन्चर, अन्धो बनाउन सक्ने लेजर, वा अन्य गनहरु लोड गर्न मिल्छ ।

एक्सयम–२०१० इन्हान्सड स्नाइपर राइफल 
बनाउने : रेमिनग्टन
सार्वजनिक मिति : २०१०–२०११

२२ वर्ष पुरानो यम–२४ स्नाइपर राइफललाइ परिवर्तन गरि एक्सयम–२०१० अफगानिस्तानको अग्लो स्थान र लामो दुरिको लडाइको लागि बनाइएको थियो । १२०० मिटर सम्मको टारगेट लाइ सटिक सुट गर्ने यो राइफलले सुटगर्दा निस्कने प्रकास र आवाज लाइ निक्कै कम गर्न सक्छ ।

प्रकाशित : शनिबार, साउन २४, २०७७१२:२६

के तपाईलाई यी तस्वीर देख्दा डर र घीन लाग्छ ? त्यसो भए तपाईलाई यस्तो रोग लागेको हुन सक्छ !