‘भल्भ(फिल्टर) वाला मास्क प्रयोग नगरेकै राम्रो’ – विज्ञ

कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनु सबैभन्दा प्रभावकारी तरीका मानिन्छ। कोरोना संक्रमण संक्रमित व्यक्तिले खोक्दा वा छिक्दा फैलिने खतरा बढी भएकोले मास्क सबैभन्दा प्रभावकारी रोकथाम उपाय मानिएको हो। बजारमा धेरै प्रकारका मास्कहरू बिक्री भैरहेका छन्, तर स्वास्थ्य विशेषज्ञहरूले एन-९५ मास्क प्रयोग नगर्न सल्लाह दिएका छन्। यी भाइरसलाई फैलिनबाट बचाउनको लागि हैन र प्रयोगकर्ताहरूलाई नै हानिकारक पनि हुन सक्छ।

भल्भ वाला मस्क किन खतरनाक त ?
एन-९५ मास्कमा भल्भ हुन्छ, र विज्ञहरूका अनुसार भल्भसहितको मास्कले प्रयोगकर्तालाई धेरै हदसम्म रक्षा गर्न सक्छ, तर भल्भको कारणले यसबाट अरू कसैको शरीरमा भाइरस प्रवेश गर्ने जोखिम हुन्छ। अस्ट्रेलियाका भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले पनि भल्भ भएको मास्क प्रयोग नगर्न सुझाव दिएका छन्।

प्रोफेसर ब्रेट सट्टनले ट्वीटरमा एउटा पोष्ट गर्दै लेखेका छन् ‘भल्भ भएको मास्कले सास फेर्न सजिलो बनाउँछ र यदि भल्भ छ भने मास्क ओसिलो हुँदैन, तर सबैभन्दा ठूलो समस्या भनेको आरामले सास फेर्दा भाइरस बाहिर आउन सक्छ। यस्तो अवस्थामा सायद यो मास्कले तपाईंलाई सुरक्षा दिन्छ, तर यदि तपाईं संक्रमित हुनुहुन्छ भने, यसले अरूलाई असर गर्न सक्छ।

कस्तो मास्कको प्रयोग गर्ने त ?
डाक्टरहरू विश्वास गर्छन् कि बजारबाट मास्क किन्नु भन्दा घरमा बनाइएको सूतीको मास्क उपयुक्त हुन्छ। अपोलो अस्पतालका डा.यश भन्छन् कि घरमा बनाइएको मास्क संक्रमण बिरूद्ध सबैभन्दा प्रभावकारी हुन्छ। घरमा मास्क बनाउन कुनै पनि सूतिको कपडा प्रयोग गर्न सक्नुहुन्छ वा बजारमा पनि किन्न सक्नुहुन्छ। तर बाहिरबाट केहि किन्नु अघि, सावधानी अपनाउन जरूरी हुन्छ।

प्रकाशित : शनिबार, साउन २४, २०७७१४:५४

यस्ता योगासनले बढाउँछ अनुहारको चमक, चाउरीपना र डण्डीफोरबाट समेत मिल्छ छुटकारा !