भाटभटेनीमा काम गर्ने एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि !

काठमाडौँ – भाटभटेनी सुपर मार्केटमा कार्यरत एक कर्मचारीमा कोराेना भाइरस संक्रमणको पुष्टि भएको छ। भाटभटेनी सुपर मार्केटमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो।

काठमाडौंको एक भाटभटेनी शाखाका एकजना कर्मचारीमा कोरोना संक्रमण भएको बताइएपनि उनी कुन शाखामा कार्यरत थिए भन्ने बारे भने केहि खुलाइएको छैन।

सरकारले अत्याधिक भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीहरुको कोरोना परीक्षण गराउन निर्देशन दिएसँगै भाटभटेनीका कर्मचारीमा कोरोना परीक्षण गरिएको थियो।

कर्मचारीमा कोरोना पुष्टी भएसँगै किनमेल गर्न प्रवेश गरेका ग्रहकहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

प्रकाशित : शनिबार, साउन २४, २०७७०४:१६

यी हुन् नेपाली बजारमा पाइने सबै भन्दा सस्ता मोटरसाइकल ! [मूल्य सहित]