नायिका पूजा शर्मालाई लक्षित गरेर ‘दारा निस्केको महानायिका’ भनेपछि …

काठमाडौँ – सञ्चारकर्मी प्रकाश सुवेदीले एक टेलिभिजन कार्यक्रममा गरेको कटाक्षलाई लिएर नायिका पूजा शर्माले आपत्ति जनाएकी छन् । आफूलाई लक्षित गरेर एक टेलिभिजन कार्यक्रमका क्रममा सुवेदीले अपमानजनक कटाक्ष गरेको भन्दै नायिका शर्माले फेसबुक मार्फत आपत्ति जनाएकी हुन्।

बिहिबार प्रशारित उक्त टेलिभिजन कार्यक्रममा सुवेदीले नायिका शर्माको नाम नलिई ‘इन्टरभ्यु दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाइ‘ महानायिका बनाइदिनुपर्ने, त्या पनि दारा निस्केको अनुहारलाई ‘कति हाँस्नु’ भनेर कटाक्ष गरेका थिए। ‘दारा निस्केको महानायिका’ भनेर सुवेदीले भनेको विषयलाई नायिका शर्माले मानहानिको रुपमा लिएकी छन्।

“अन्तरवार्तामा बोलाइयो, गएँ। सामान्य ज्ञानसँग सम्‍बन्धित प्रश्न सोधियो। इन्टरभ्यू चल्दाचल्दै मैले उहाँलाई मैले राम्रो गर्न सकिनँ, प्लिज यो काटिदिनुस् भनेँ। तर, मान्नुभएन। सुवेदीले फेरि आफूलाई अन्तरवार्ताका लागि बोलाए, म मानसिक तनाव झेलिरहेकी थिएँ। अब फेरि पुरानो गल्ती कसरी गर्न सक्थेँ? म त्रसित पनि थिएँ। त्यसैले मैले सरी दाइ म आउन सक्दिनँ भनेँ।”,शर्माले फेसबुकमा लेखेकी छन्।

सुवेदीले आफ्नो कार्यक्रममा आफूलाई लक्षित गरेर ‘दारा निस्केको महानायिका’ भन्दै शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मानहानी गरेको शर्माको भनाई छ। साथै शर्माले कुनै पनि पत्रकारले अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ? भन्दै प्रश्न पनि गरेकी छन्।

“के पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ? पत्रकारले गर्न सक्ला मानौं, के टेलिभिजनमा यस्ता असभ्य कुराहरू सम्पादन गर्ने कुनै निकाय छैन? हरेक ट्रोलको सिकारदेखि यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन नै रहनुपर्ने? अहिले आएर उहाँले मैले कसैको नाम तोकेको छैन भनेर पन्छिन मिल्छ? यो ढंगको प्रस्तुतीकरणले के पत्रकारिताको इज्जत बढ्छ?”,शर्माले प्रश्न गर्दै फेसबुकमा लेखेकी छन्।

प्रकाशित : शनिबार, साउन २४, २०७७०८:१०

‘दारा निस्केका महानायिका’ भन्नेलाई ऋचाको कडा जवाफ – ‘कसैले महानायिका बनाइदिनु पर्दैन’