‘दारा निस्केका महानायिका’ भन्नेलाई ऋचाको कडा जवाफ – ‘कसैले महानायिका बनाइदिनु पर्दैन’

काठमाडौँ – नायिका ऋचा शर्माले आफूहरुलाई कसैले महानायिका बनाइदिनु नपरेको बताएकी छन्।

सञ्चारकर्मी प्रकाश सुवेदीले एक टेलिभिजन कार्यक्रममा नायिका पूजा शर्मालाई लक्षित गरेको कटाक्षको सम्बन्धमा आफ्नो धारणा राख्दै नायिका शर्माले यस्तो बताएकी हुन् ।

बिहिबार प्रशारित एक टेलिभिजन कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुवेदीले नायिका शर्माको नाम नलिई ‘इन्टरभ्यु दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाइ‘ महानायिका बनाइदिनुपर्ने, त्या पनि दारा निस्केको अनुहारलाई ‘कति हाँस्नु’ भनेर कटाक्ष गरेका थिए। ‘दारा निस्केको महानायिका’ भन्दै कटाक्ष गरेका थिए। उक्त कटाक्ष पश्चात सञ्चारकर्मी प्रकाश सुवेदीले सामाजिक संजालमा चर्को आलोचना खेपिरहेका छन्।

राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा एक सञ्चारकर्मीले ‘त दारे छस्, त काली छस्, भ्यात्त परेकी परेकी छस्’ भन्न मिल्छ भन्दै शर्मा प्रश्न गर्छिन्।

“एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ”,नायिका शर्माले फेसबुकमा लेखेकी छन्,”मेरो शरीरको बनावट उनीहरुले चाहे झै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु। जब-जब मान्छेले आफुलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन, ठूला-ठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस्।”

प्रकाशित : आइतबार, साउन २५, २०७७०५:५६

रिया चक्रवर्तीको यस्तो सत्यता जुन कमैलाई थाहा होला, कति छ कमाई?