साडी लगाउँदा भुलेर पनि नगर्नुहोस् यि ६ गल्ति !

काठमाडौँ, सारी हरेक महिलाले रुचाउने आभुसन हो । यसको प्रयोग खास गरि विशेष मौका (विवाह, ब्रतबन्ध तथा अन्य पार्टी) मा हुने गर्दछ । त्यसैले पनि यसको निकै ख्याल राख्नु पर्ने हुन्छ । आज हामि सारी लगाउदा गर्न नहुने ६ गल्तिबारे चर्चा गर्दैछौं :

  • धेरै माथि वा धेरै तल लगाउन हुन्न : सारीले महिलालाई क्षणभर मै सुन्दर देखाँउछ । तर सारी धेरै माथि या धेरै तल लगाइयो भने त्यो वास्तवमा अनियमितता देखिन सक्छ । यदि सारी धेरै माथि लगाइयो भने त्यसले हामिलाई होचो देखाँउछ या यदि धेरै तल लगाइयो भने पहिरन निकै भद्दा देखिन्छ र खुट्टा पनि छोटो देखिन्छ ।

  • धेरै गरगहना नलगाउनु होस् : आफ्नो सारी सिम्पल भएकै कारण धेरै गरगहना  लगाउनाले तपाईलाई डिस्को बल जस्तै देखाउँछ । आफुलाई एक पुरा लुक दिनको निम्ति मात्र गलामा हार र कानमा झुम्का लगाउनु होस् । धेरै गरगहना लगाएर सारीलाई भद्दा नदेखाउनु होस् ।

  • ब्रा ब्लाउजबाट बाहिर देखिनु हुन्न : तपाइँको ब्रा जतिसुकै फेन्सी किन नहोस् त्यो सारीमा देखाउनको लागि होइन । यसले सम्पूर्ण लुक अस्थिर बनाउँछ र निश्चित रूप देखि अनियमित देखाउँन सक्छ ।

  • जूताको सहि पहिचान गर्नुहोस् : सारीको लुक राम्रो देखाउने या नराम्रो देखाउने केहि हद सम्म जुत्ताले पनि तय गर्छ । स्पोर्ट्स सुज, बलेरिना फ्लाट्स जस्ता जुत्ता सारीमा निकै नराम्रो देखिन्छ । तपाइको जुत्तामा सानो हिलले सारीको लुकलाई सम्पूर्ण रुपमा सुन्दर देखाउन मद्दत गर्छ ।

  • पल्लुलाई राम्रोसंग राख्नु पर्छ : पल्लू बस सिद्ध देखिनु सही हुनु होइन । पल्लुलाई राम्रोसंग मिलाउनाले सारीलाई निकै आकर्षक देखाउँन मद्दत पुर्याउछ । तपाइको पल्लू धेरै संकीर्ण हुनु हुदैन किनकी यो पुरा तरिकाले सारीको शैलीसँग जोडिएको हुन्छ । त्यसैले पल्लुलाई धेरै वर राख्नु हुन्न ।

  • धेरै फिटिंग ब्लाउज लगाउन हुन्न : ठिक्क फिटिंग ब्लाउजले तपाईको फिगर राम्रो देखाउनुको साथै यसले शरीरको नराम्रो बनावटलाई पनि लुकाउन मद्दत गर्छ । यदि तपाईको माथिल्लो शरीर निकै ठुलो छ र तपाईले धेरै फिटिंग ब्लाउज लगाउनु भयो भने त्यसले तपाईको शरीरलाई थप भद्दा देखाउँछ । त्यसैले ठिक्क फिटिंग ब्लाउज र आफ्नो शरीरलाई मिल्ने ब्लाउज लगाउनु होस् ।

प्रकाशित : शनिबार, साउन २४, २०७७१२:१२

सुहागरातमा यी ३ चीज झुक्किएर पनि नखानुहोस् !