बुद्धमा भारतको दाबि: भारतीय विदेशमन्त्रीले भने – ‘बुद्ध महान् भारतीय हुन्’

काठमाडौँ – भारतीय विदेशमन्त्रीले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन्। शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्नेक्रममा भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका हुन्।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिले शनिबार इण्डिया एट ७५ भर्चुअल सम्मेलनको आयोजना गरेको थियो। त्यसक्रममा जयशंकरले गौतम बुद्ध भारतीय भएको मात्र दाबि गरेनन् गौतम बुद्धकै कारण भारत विश्वमा चिनिएको बताए।

“हामी सबै भारतीयले आजसम्मकै महान भारतीय भनेर चिन्ने भनेको दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। हामीमात्र नभई यी दुईलाई महान् भारतीय भनेर पूरै विश्वले चिन्छ।”,उनले भर्चुअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भने।

प्रकाशित : आइतबार, साउन २५, २०७७०३:३१

१९ दिन पछि पहिलो पटक घट्यो सुनको मूल्य !