भोलि श्रीकृष्ण जन्मअष्टमी, यी सामग्री प्रयोग गरी पूजा गर्दा जीवनभर हुनेछैन आर्थिक संकट !

श्री कृष्ण जन्मअष्टमी हरेक वर्ष भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा मनाउने गरिन्छ। यस दिन भगवान विष्णुको आठौँ अवतर मानिने कृष्णजीको जन्मउत्सव मनाउने गरिएको हो। त्यसैले यस पर्वलाई श्री कृष्ण जन्मअष्टमीको नाम दिईएको छ।

यस वर्ष भाद्र महिनाको १७ गते आइतबारको दिन कृष्णजी जन्मउत्सव अर्थात् श्री कृष्णजन्म अष्टमी परेको छ। हातमा मुरली ,शिरमा मयूरको प्वाख ,शितल बगैंचामुनी जीवजन्तुहरुको साथमा गोपिनीहरुको मायामा बाँसुरीको मिठो धूनको वातावरणमा विराजमान भगवान कृष्णको जन्मउत्सवको अवसरमा हरेक साल यस दिन श्री कृष्ण जन्मअष्टमी मनाउने गरिन्छ। आज हामी तपाईहरुलाई यस दिन भगवान श्रीकृष्णको पूजामा आवश्यक सामग्री वा विधि बारे जानकारी गराउन जाँदै छौँ जसबाट कृष्ण भगवान प्रसन्न भई आफूले मागेको वरदान दिनुहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

शंख:

श्रीकृष्ण जन्मअष्टमीको दिन भगवान कृष्णलाई शंखमा काँचो दूध राखेर अभिषेक गर्नुहोस। यस पछि महालक्ष्मीको समेत पूजा गर्न आवश्यक हुन्छ। यी दुवैको कृपाले तपाईको आर्थिक अवस्थामा सुधार हुँदै जानेछ।

फलफूल र अन्न :

श्रीकृष्ण जन्मअष्टमीको दिन गरिब वा नैजिकै रहेको कृष्णमन्दिरमा गई फलफूल र अन्न दान गर्नुहोस। यसरी गरिब दुखिलाई यस दिन दान गर्नु धेरै शुभ मान्ने गरिन्छ।

सिक्का:

भगवान कृष्णको जन्म उत्सवको अवसरमा कृष्णजी को पूजामा भेटी स्वरुप सिक्क चढाउनुहोस् र पूजा सक्केपछि त्यस सिक्क मध्य एक आफ्नो पर्स वा गोजीमा राख्नुहोस्। यसो गर्दा तपाईलाई महालक्ष्मीको आशिर्वाद प्राप्त हुनेगर्छ आर्थिक संकट नहुने विश्वास रहेको छ।

दियो :

श्रीकृष्ण जन्मअष्टमीको दिन तुलसीलाई रातो कपडाले एकसाथ बेर्नुहोस र पूजा गरि दियो बाल्नुहोस। यस पश्चात सोही स्थानमा बसेर हात जोडेर “ॐ वासुदेवाय नम:” मन्त्र जप गर्नुहोस। यसरी तुलसीको पूजा गर्दा तपाईका आर्थिक समस्याहरु हल हुँदै जानेछन्।

प्रकाशित : सोमबार, साउन २६, २०७७१२:४९

भानुमतीसँग कसरी धोकाले विवाह गरेका थिए त दुर्योधनले, सत्य यस्तो छ !