भानुमतीसँग कसरी धोकाले विवाह गरेका थिए त दुर्योधनले, सत्य यस्तो छ !

कौरव सेनाका प्रमुख दुर्योधनकी पत्नी भानिमतीको बारेमा सायदै कम मानिसलाई थाहा हुनसक्छ। महाभारतमा धेरै पात्रका कथा निकै भावुक छन्। ती मध्ये एक हो दुर्योधनकी पत्नी भानिमतीको कथा।

भानुमती 
भानुमती,कम्बोजका राजा चन्द्रवर्माकी छोरी थिइन्, जो सुन्दर, प्रतिभाशाली र बुद्धिमान् थिइन्। उनका यी गुणहरूका बारेमा चर्चा चारै तिर थियो। त्यसैले गर्दा,भानुमतीको स्वयम्वरमा दुर्योधन सहित शिशुपाल, जरासन्ध, कर्ण र अन्य शक्तिशाली राजाहरू पनि उपस्थित थिए। भानुमतीलाई स्वयम्वरमा देखेपछि दुर्योधन उनको रूपमा मोहित भए। यस्तोमा, दुर्योधन चाहन्थे कि भानुमती वरमाला उनलाई नै लगाइदियोस्। तर जब भानुमती उनलाई माला नलगाइदी उनकै अगाडीबाट जान लागिन् तब दुर्योधन क्रोधित भए। र उनले भानुमतीको माला खोसेर आफ्नो गलामा लगाए।

यो देखेर बाँकी साइ राजाहरुले आफ्ना-आफ्ना तरबार निकाले। दुर्योधन भने भानुमतीको हात समातेर दरबारबाट बाहिर निस्के। उनले बाहिर निस्किनु भन्दा पहिला सबै राजालाई भने कि सबै जना पहिला कर्णसँग युद्ध गरेर विजयी भएउ भने मात्रा मसँग युद्ध गर्न आउनु। त्यसपछि त्यहाँ रहेका सबै राजाको कर्णसँग युद्ध भयो जसमा कर्ण को जीत भयो। कर्ण र जरासन्ध बीचको युद्ध भने २१ दिनसम्म चल्यो, जसमा अन्तत कर्ण कै जीत भयो। यो हार जरासन्धको जीवनको पहिलो हार थियो।

यसरी दुर्योधनले भानुमतीसँग जबरजस्ती विवाह गरेका थिए। भानुमती आफ्नो इच्छा विपरित दुर्योधनको साथ विवाह गर्न वाध्य भइन्। उनका दुई सन्तान थिए: लक्ष्मण, जसको वध कुरुक्षेत्रको युद्धमा अर्जुनका पुत्र अभिमन्युको हातबाट भएको थियो र छोरी लक्ष्मणा, जसलाई श्रीकृष्णका पुत्रा सम्बाले हरण गरेर लागे। दुर्योधन पनि युद्धमा मारिए। यसरी अन्ततमा भानुमती एकै भइन्।

प्रकाशित : सोमबार, साउन २६, २०७७१३:३२

यी ठाउँमा शारीरिक सम्बन्ध राख्नु महापाप !