यी ठाउँमा शारीरिक सम्बन्ध राख्नु महापाप !

वास्तु शास्त्रको हाम्रो जीवनमा विशेष महत्व छ। कठिनाइ जस्तो भएपनि वास्तु शास्त्रमा त्यसको हाल पक्कै हुन्छ। यदि परिवारमा समस्या आयो वा आर्थिक समस्या आयो भने पनि वास्तु शास्त्रका उपाय मद्दतगार हुन्छ। हरेक समस्याको हाल छ वास्तु शास्त्रमा। यस शस्त्रमा शारीरिक सम्बन्धको बारेमा पनि केहि नियमहरु बताइएको छ, जसको आधारमा श्रीमान् र श्रीमती बीच शारीरिक सम्बन्ध हुनु धेरै आवश्यक हुन्छ। वास्तुमा शारीरिक सम्बन्धलाई खराब हैन तर पवित्र मानिएको छ। त्यसैले वास्तु शास्त्रले यसलाई विशेष नियममा बाँधेको छ।

पवित्र नदी नजिक
शस्त्रका अनुसार कुनै पनि पवित्र नदीको नजिक शारीरिक सम्बन्ध नाराखेकै राम्रो हुन्छ। यस्तो ठाउँमा राखेको सम्बन्धले युद्ध पनि निम्त्याउन सक्छ। प्राचीन कालमा पनि ऋषि पराशर र सत्यवतीको यस्तै सम्बन्ध नै महाभारतको युद्धको बिउ भएको विश्वास रहेको छ।

अग्नि नजिक
यस्तो ठाउँमा शारीरिक सम्बन्ध भुलेर पनि नाराख्नुहोला जहाँ नजिकै अग्नि प्रज्वलित छ। हिन्दू धर्ममा अग्निलाई ‘देवता’ मानिन्छ। त्यसकारण अग्निको नजिक शारीरिक सम्बन्ध राख्नु ठूलो पाप मानिन्छ।

ब्राह्मण वा ऋषि मुनि नजिक
यदि आसपास कोहि ब्राह्मण वा ऋषि मुनि अथवा कुनै आदर्श व्यक्ति छन् भने त्यस्तो ठाउँमा शारीरिक सम्बन्ध राख्नु हुँदैन। त्यो भने उनीहरुको अपमान गर्नु जस्तै हो।

बिरामी मानिस नजिक
यदि घरमा कोहि बिरामी छ भने त्यो घरमा शारीरिक सम्बन्ध नराख्नु नै राम्रो मानिन्छ।

नवजात शिशुको उपस्थितिमा
शास्त्रको अनुसार नवजात शिशुको उपस्थितिमा शारीरिक सम्बन्ध राख्नु पाप हो।

अरुको घरमा
साथी होस् या आफन्तजन, कोहि अरुको घरमा शारीरिक सम्बन्ध राख्नु गलत मानिन्छ।

मन्दिर आसपास
शास्त्रमा कुनै पनि मन्दिरको आसपास शारीरिक सम्बन्ध राख्न निषेध गरिएको छ। यो महापाप हो।

प्रकाशित : सोमबार, साउन २६, २०७७१३:४२

राहु-केतुको दुष्प्रभावबाट सजिलै छुटकारा पाउन अपनाउनुहोस् यी तीन उपाय !