काठमाडौँ। गोंगबुमा भएको वि-भत्स ह-त्याका आरोपी महिलालाई प्रहरीले पक्राउ गरेको छ। कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको हो । साउन २५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखेर तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको थियो।
आरोपी महिला जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्गमा बस्ने गरेको खुलेको छ। । ३७ वर्षीय केहि मुडभरी गृहिणीको साथै केहि टेलिशृंखलामा अभिनय गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। उनि सोमबार जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईतीबाट पक्राउ परेकी हुन्।
प्रहरीसँगको बयानमा आरोपी महिलाले दाङका कृष्णबहादुर बोहोरालाई न-शालु चक्की खुवाई बाथरुममा लगेर खुट्टा र टाउको का-टेर सुटकेश र जेब्रा झोलामा लगेर फालेको बताएकी छिन् । त्यसपछि उनि एम्बुलेन्समा चितवन पुगेको खुलेको छ ।
प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको दा-उ, हि-र्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्यावलेटको खोल, मोबाईल सेटहरु बरामद भएका छन्।