हिन्दू धर्मको सबै भन्दा ठूलो ग्रन्थमा पर्छ महाभारत। यसलाई धर्म युद्धको नामले पनि चिनिन्छ किनकि भाई-भाई बीच भएको यो युद्ध केवल अधर्म माथि धर्मको जित थियो। रानी सत्यवती, वेद व्यास, भीष्म पितामह, पाण्डव, कौरव, द्रौपदी, सबै महाभारतका मुख्य पात्रहरू थिए र ती सबैमा केही गुण र अवगुण थियो। महाराज धृतराष्ट्रका छोराहरूलाई महाभारतमा ‘खलनायक’ भनेर वर्णन गरिएको छ। यस्तोमा महाभारतमा सबैभन्दा बुद्धिमान को थिए त? यो कुरा सोच्दा मनमा एउटा नाम पक्कै आउँछ, त्यो हो भगवान श्रीकृष्ण।
कृष्णले अर्जुनलाई सही मार्ग देखाउनुभयो, पाण्डवहरूलाई उनीहरूको अधिकार प्राप्त गर्न प्रेरित गर्नुभयो, आफ्नै भाई कौरवासको बिरूद्ध लडाईलाई धार्मिक युद्ध भनेर सम्बोधन गर्नुभयो र आफ्नो विवेकले युद्धमा साहस गुमाएका अर्जुनलाई सही दिशा देखाउनुभयो।
कृष्ण पश्चात को थिए त बुद्धिमान?
सहदेव
सहदेवको जन्मको समय मै आकाशवाणी भएको थियो कि उनी बुद्धिमान र पराक्रमी हुनेछन्। पछि सहदेवले गूड विद्या प्राप्त गरे। उनले केवल शास्त्र मात्र नभएर देश-विदेशका भाषाको ज्ञान र चिकित्सामा पनि महारथ हासिल गरेका थिए। राजा पाण्डुको मरणपछि सहदेवले उनको मृ-त शरीरको मासु खाएका थिए जसको कारण उनले विशेष प्रकारको इश्वरीय शक्ति प्राप्त भएको थियो। उक्त शक्तिको साथ उनी आउने भविष्यमा के घटना हुन्छ भनेर सबै देख्न सक्थे तर साथै भगवानहरुले सहदेवलाई एक श्राप पनि दिएका थिए कि उनले यो शक्ति प्रयोग गर्न पाउने छैनन्। यदि उनले यो शक्ति प्रयोग गरे भने उनको मृ-त्यु हुने श्राप श्री कृष्णले दिनुभएको थियो। आफ्नो जीवनकालमा, सहदेवले आफ्नो बौद्धिक ज्ञानबाट विविध ज्ञान प्राप्त गरे, उनको नामबाट तीन ग्रन्थ प्राप्त हुन्छन् – व्याधिसन्धविमर्दन, अग्निस्त्रोट, शकुन परीक्षा।
कर्ण
कुन्ती पुत्र कर्णमा पाण्डवमा भएका सबै जसो गुण थियो। सहदेव जस्तै कर्ण पनि निकै बुद्धिमान थिए। उनीले कुरुक्षेत्रको युद्ध कौरवको पक्षबाट लडेका थिए र उक्त युद्धको पूरा रणनीति कर्णले नै बनाएका थिए। उनले अन्तिम सम्म पनि आफ्ना मित्र दुर्योधनको साथ दिए। त्यसैले दुर्योधनलाई पनि कर्णमा आफ्नो भाई भन्दा बढि विश्वास थियो।
शकुनी
महाभारतमा सबैभन्दा दुष्ट पात्र मध्ये एक थिए शकुनी तर पनि उनी दिमागले निकै तेज थिए। उनको तेज दिमागकै कारण कौरव र पाण्डव एक अर्काको विरुद्ध भएका थिए। बचपनबाटै दुर्योधनलाई पाण्डवको विरुद्ध गराउने पनि शकुनी नै थिए, जसको नतिजा कुरुक्षेत्रको धर्मयुद्ध थियो।
युधिष्ठिर
युधिष्ठिरलाई महाभारत कालका विद्वानहरू मध्ये एक भन्न सकिन्छ। उच्च शिक्षा हासिल गरेका युधिष्ठिरमा धैर्यको भावना पनि थियो।