यसकारण यी ४ राशिका मानिसको स्वभाव हुन्छ उग्र तथा रिसाहा!

ज्योतिष शास्त्र अन्तर्गत सबै १२ राशिहरुलाई स्वभाव अनुसार ३ श्रेणीमा विभाजन गरिएको छ: चर, स्थिर और द्विस्वभाव। चर स्वभावका राशिको सम्बन्ध अस्थिरता र परिवर्तनसँग हुन्छ। चर स्वभावको श्रेणीमा मेष, कर्कट, तुला र मकर राशि पर्दछन्। चरको अर्थ चाल हो वा जो सँधै सक्रिय वा गतिशील रहन्छ। यस स्वभाव अन्तर्गत पर्ने राशिमा अस्थिरता र चंचलपनको भावना हुन्छ। यी राशिका मानिसमा धैर्यताको अभाव हुन्छ। यिनीहरु उग्र र रिसाहा स्वभावका हुन्छन्।

भ्रमित स्वभाव
यस श्रेणीको राशिका मानिस विशेष गरि शिक्षा क्षेत्रलाई लिएर भ्रमित हुन्छन्, जसको कारण उनीहरुले आफ्नो क्षेत्र बदल्न बाध्य हुन्छन्। यसले यिनीहरुको स्वभावमा अस्थिरता र चल्चलता पनि दर्शाउँछ। यी चार राशिका मानिसमा अरुलाई आफू तर्फ आकर्षित गर्ने गजबको क्षमता हुन्छ।

परिवर्तन
चर स्वाभावमा पर्ने राशिका मानिस आफ्नो उमेर भन्दा सानो उमेरका मानिस जस्तो देखिन्छन्। कार्यक्षेत्रमा पनि अस्थिरताको स्वभावको कारण यिनीहरु आफ्नो रोजगार परिवर्तन गरिरहन्छन्। तर अन्तमा उनीहरुको यहि स्वभावको कारण सफलता पनि प्राप्त गर्छन्।

संघर्ष
यी राशिका मानिसले आफ्नो बचपनबाट नै संघर्षको सामना गर्नु पर्छ। यसै कारण यिनीहरुको व्यक्तित्व मजबूत हुन्छ।

प्रकाशित : बुधबार, साउन २८, २०७७११:५५

राति सुत्दा देखिने यी सपनाहरु हुन्छन निकै अशुभ, गर्छ ग’म्भीर बिरामीको संकेत!