वृश्चिक राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !

काठमाडौँ। वृश्चिक राशिलाई बिच्छी या फिनिक्स या चीलले प्रतिनिधित्व गर्दछ। सामान्यतया वृश्चिक राशिका मानिसहरु गम्भीर, निडर, जिद्दी, भावुक स्वभावका हुन्छन। उनीहरु आफ्नै शर्तहरुमा जीवन व्यतीत गर्छन र उनीहरु भाग्यमा विश्वास गर्छन। उनीहरु आफ्नो रहस्यलाई राम्ररी रहस्यमा नै सिमित राख्न माहिर हुन्छन। उनीहरु भावुक र संवेदनशील हुन्छन।

वृश्चिक राशिका व्यक्तिहरु दोस्रो व्यक्तिका बारेमा जान्न गम्भीर हुन्छन। उनीहरु विशेषत: जरुरी सवालमा ध्यान केन्द्रित गर्छन। अधिकांश वृश्चिक राशि भएका मानिसहरुमा एक अपूर्ण जिज्ञासा हुन्छ जसले आत्मकेन्द्रित हुनका लागि प्रेरित गर्छ।

उनीहरु कठिन काम र कडा मेहनत गर्न डराउँदैनन्। यदि उनीहरुले नराम्रो महसुस गरे भने शान्त बस्छन र एक्लोपन अनुभव गर्छन।

उनीहरुको जटिल र गोपनीय प्रकृतिले उनीहरुलाई संदिग्ध बनाउँछ, र उनीहरुले विश्वासघात या धोखाधडीको थोरै सङ्केत पाउनेबित्तिकै सावधान रहन्छन। वृश्चिक राशिका मानिसहरुसँग आश्चर्यजनक रुपमा संसाधनहरुको श्रोत हुन्छ। यस बाहेक उनीहरु धेरै भावुक र आवेगी हुन्छन, जो अरुमा डर र त्रास पैदा गर्छ।

उनीहरु अत्यन्तै बफादार मित्र हुन सक्छन्। र एकै समयमा उनीहरु खतरनाक दुष्मन बन्ने क्षमता पनि राख्छन। उनीहरुको विस्मयकारी शक्ति र रहस्यमय नजरले वरपरका मानिसहरुलाई सम्मोहित गर्ने काम गर्छ।

उनीहरु तीव्र, शक्तिशाली, क्रुर र प्रतिबद्ध हुन्छन्। र आफ्नो जीवनको लडाई आफ्नो उत्सुक बुद्धि, धैर्य र रचनात्मकताको साथ लड्नका लागि अभ्यस्त  हुन्छन।  निश्चित रूपमा उनीहरु मिलनसार या उदार हुदैनन। आफ्नो लाभको लागि जोड तोड गर्ने या षड्यन्त्र गर्ने वाला पनि हुदैनन।

उनीहरु अत्यन्तै उर्जावान र भावुक हुन्छन। उनीहरुले अवसरहरुको भरपूर फाईदा उठाउँछन र आजको नोक्सानलाई भोलि फाईदामा बदल्ने शक्ति राख्छन।

तर यस कुराको चक्करमा उनीहरुले जुन चिजलाई बढी प्राथमिकता दिनुपर्ने हो त्यसै कुरामा नोक्सान गर्छन। उनीहरुको गतिशील, आकर्षक र रहस्यमय अनुहारले जो कोहीलाई पनि सहजै आकर्षित गर्छ।

प्रेममा वृश्चिक राशिका मानिसहरु तीव्र र भावुक हुन्छन। आफ्नो चुम्बकीय आकर्षणले मानिसहरुलाई आकर्षित गर्ने वृश्चिक राशिका मानिसहरु तडकभडक र साँचो प्रेममा फरक छुट्याउन पाउदैनन। एजेन्सी

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१०:१६

मिथुन राशि भएका व्यक्तिहरुको भाग्य कस्तो हुन्छ ? हेर्नुहोस् !