नाति-नातिना नहुनुको दोष बुहारी माथि लगाउँथे, तर छोरामा देखियो कमजोरी ! [भिडियो सहित]

काठमाडौँ – नेपाली समाजमा सन्तान नजन्मिनु पछाडी सम्पूर्ण दोष महिलाहरुमा थोपर्ने चलन छ। कतै पुरुषमा पो कमजोरी छ कि भनेर स्वास्थ्य परीक्षन् गराउने भन्दा पनि सम्पूर्ण दोष महिला माथि थोपर्ने गरिएका कारण महिलाहरु सामाजिक र पारिवारिक रुपमा प्रताडित हुन बाध्य छन्।

यस्तै सामाजिक समस्यालाई लिएर चर्चीत लोक गायक एवं संचार कर्मी सरोज लामिछाने र सन्तोष लामिछानेको मौलिक लोकदोहोरी गीत ‘ख्याल माया’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सरोज लामिछानेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

दम्पतिबाट सन्तान हुन नसक्दा पारिवारिक र सामाजिक दबाव पछि श्रीमान-श्रीमतीको सम्बन्ध कसरी बिग्रिन पुग्छ र श्रीमती कसरी अपहेलिन हुन्छिन् भन्ने कुरा सार्वजनिक भिडियोमा समेटिएको छ। गीतको भिडियोमा कमलमणी नेपाल, सारदा गिरी, जानुका पौडेल, सरोज लामिछाने, एलिना रायमाझी लगायतको अभिनय रहेको छ ।

गीतमा सरोज लामिछाने, सन्तोष लामिछाने र सुनिता दुलालले आवाज दिएका छन्। सन्तोष लामिछानेको शब्द संगीत रहेको छ भने गीत नरेन्द्र बियोगीले एरेन्ज गरेका छन् ।

प्रकाशित : मङ्गलबार, साउन २७, २०७७१३:११

बाहिरियो रियाको कल रेकर्ड, आमिर खान देखि यी दिग्गज स्टारसँग थिइन फोन सम्पर्कमा!