बाहिरियो रियाको कल रेकर्ड, आमिर खान देखि यी दिग्गज स्टारसँग थिइन फोन सम्पर्कमा!

सुशांत सिंह राजपूतको मृ-त्युपछि प्रवर्तन निदेशालयले रिया चक्रवर्ती, उनका भाई शौविक चक्रवर्ती र बुबा इन्द्रजित चक्रवर्तीसँग पूछ्ताछ गरेको छ । ईडीले रिया चक्रवर्तीको दुई, शौविक र इन्द्रजितको एक एक फोन लिएको थियो। अनुसन्धानपछि रिया चक्रवर्तीको कल रेकर्ड सम्बन्धी जानकारी बाहिर आएको छ।

रियाको कल रेकर्ड अनुसार उनी बलिउडका प्रख्यात हस्तीहरुसँग सम्पर्कमा थिइन्। उनको कल डिटेल रेकर्ड अनुसार रियाको आमिर खानसँग पनि कुरा भएको थियो। रियाले आमिर खानलाई एक पटक फोन गरेकी थिन्, भने आमिरले उनलाई तीन वटा म्यासेज गरेका थिए। यस्तै उनले आदित्य रोय कपूरलाई १६ पटक फोन गरेकी थिइन् भने आदित्यले रियालाई ७ पल्ट कल गरेका थिए।

रियाले रकुल प्रित सिंहलाई पनि ३० पटक कल गरेकी थिइन्। त्यस्तै रकुलले रियालाई १४ पटक फोन गरेकी थिइन्। रियाले श्रद्धा कपूरसँग पनि कुरा गरेकी थिइन्। उनले श्रद्धालाई ३ पल्ट फोन गरेकी थिन्, भने श्रद्धाले उनलाई २ पल्ट कल  गरेकी थिइन्।

रियाले ‘सोनू के टीटू की स्वीटी’ फेम अभिनेता सनी सिंहलाई ७ पटक कल गरेकी थिइन्, भने सनीले ४ पटक फोन गरेका थिए । रियाले राना दग्गुबातीसँग पनि कुरा गरेकी थिइन्। रियाले राणालाई ७ चोटि फोन गरेकी रहिछन्, जबकि राणाले ४ पटक फोन गरे। सुशान्तको स्वास्थ्य बिग्रिएपछि रिया महेश भट्टसँग लगातार सम्पर्कमा थिइन्। रियाले महेश भट्टलाई ९ पटक फोन गरिन् भने महेश भट्टको ७ चोटि फोन आएको थियो।

प्रकाशित : बुधबार, साउन २८, २०७७०६:५५

बलिउड अभिनेता संजयलाई तेस्रो स्टेजको फोक्सोको क्यान्सर, दिए यस्तो जानकारी!