बलिउड अभिनेता संजयलाई तेस्रो स्टेजको फोक्सोको क्यान्सर, दिए यस्तो जानकारी!

बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । पछिल्लो केहि दिनदेखि सास फेर्न समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको फोक्सोमा पानी जमेको थियो। पानी निकालेपछि गरिएको परिक्षणमा संजयलाई तेस्रो स्टेजको क्यान्सर भएको थाहा भयो। यस अघि उनकी आमाको निधन पनि क्यान्सर कै करण भएको थियो।

मंगलबार उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै चलचित्र दुनियाबाट केहि समयको लागि विश्राम लिने बताएका थिए। त्यस लगतै  उनलाई फोक्सोको क्यान्सर भएको खबर आएको थियो।

उनले आफ्नो पोस्टमा लेखेका छन्,”हेल्लो साथीहरु, केहि स्वास्थ्य सम्बन्धि उपचारको कारण म केहि समय विश्राम लिदै छु। मेरो परिवार र साथी-भाई मेरो साथमा छन् र म मेरा शुभचिन्तकलाई चिन्ता नलिन र कुनै प्रकारको अनावश्यक हल्ला नाफैलाउन अनुरोध गर्छु। तपाईहरुको माया र साथले म छिटै फर्किनेछु।”

प्रकाशित : बुधबार, साउन २८, २०७७०८:०९

विद्या बालन भन्छिन् – ‘मलाई यस्तो काम गर्न सजिलो लाग्छ’