पुरुषका यस्ता गुणबाट प्रभावित हुन्छन महिलाहरु!

महिलाहरु आफ्नो जीवनसाथी होस् वा प्रेमीमा राम्रो गुण होस् भन्ने पक्कै चाहन्छन्। केहि यस्ता गुणहरु छन् जुन गुण भएका पुरुष महिलाको लागि निकै प्रिय हुन्छन्। हरेक महिला आफ्ना प्रेमी वा जीवनसाथीमा यस्ता गुण खोज्छन्। महिलाका यी कुरा जान्नु पुरुषको लागि निकै जरूरी हुन्छ।

व्यवहार
पुरुषले महिला, उनका साथी र उनको परिवारलाई कस्तो व्यवहार गर्छ, यो कुरामा महिलाले विशेष ध्यान दिन्छन्। यदि कुनै पुरुष महिलाको साथी तथा परिवारलाई स्नेह तथा सम्मान गर्छ भने महिलालाई यो कुरा धेरै मन पर्छ।

ईमानदारी
आफ्नो प्रेमीबाट एक महिला ईमानदारीताको अपेक्षा गर्छिन्। उनीहरु चाहन्छन् कि उनको प्रेमी आफू प्रति ईमानदार रहोस्। त्यसैले हरेक पुरुषले यो कुरा थाहा पाउनु पर्छ कि एक बलियो सम्बन्धको लागि ईमानदारी हुनु निकै आवश्यक हुन्छ।

परिपक्वता
पुरुषको परिपक्वता महिलाहरुलाई निकै मन पर्छ। पुरुषको समझदारीले महिलालाई छिटै आकर्षित गर्छ। भावनात्मक रूपले कमजोर पुरुष महिलालाई मनपर्दैन।

शारीरिक बनावट
एक अध्ययन अनुसार यो खुलासा भएको छ कि पुरुषको शारीरिक बनावटले प्राय: महिला प्रभावित हुन्छन्। अध्ययनका अनुसार महिलाहरू हष्ट-पुष्‍ट पुरुषहरू प्रति आकर्षित हुन्छन्।

प्रकाशित : बुधबार, साउन २८, २०७७१३:२१

तस्बिर पोस्ट गरेकै कारण यी दम्पतिलाई सुनाइयो १६ वर्ष जेल र ७४ को-र्राको स-जाय!