काठमाडौँ, साउन २९ । नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशाना भट्टराईले साउन २७ गते आफ्नी प्रेमिकासंग विवाह गरेका हुन् । निशानले मंगलवार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाले धुलिखेल जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका हुन् ।
विवाह बन्धनमा बाधिएको २ दिनपछि उनले सामाजिक संजाल फेसबुकमा आफ्नो विवाहको तस्विर शेयर गर्दै फ्यानहरुलाई धन्यवाद दिएका छन्। उनि लेख्छन्, ‘हजुरहरु सबैजाना प्रती धेरै-धेरै अभारी छौँ। यति धेरै माया र आसिर्बाद हामीले पाएकोमा धेरै नै खुशी छौँ । यो अहिलेको जटिल समयका कारण हामीलेे कानुनी विवाह गर्ने निर्णयलाई उचित सम्झ्यौ र यसलाई सफल बनायौ । हजुरहरुको माया र आशीर्वाद यसरि नै सधैं कायम रहिरहोस…..’
आफ्नो गायन कलाबाट छोटो समयमा नै सफलताको सिढी चढेका निशानको पछिल्लो गीत ‘के माया लाग्छ र ?’ ले उनलाई अझ चर्चाको शिखरमा पुर्याएको छ। उनले थुप्रै नेपाली चलचित्रका गीतमा आवाज दिएका छन् ।