सुशान्त सिंह राजपूतको मृत्यु हरदिन झन्-झन् रहस्यमय बनिरहेको छ। उनका पिता केके सिंहले जब विहारमा रिया चक्रवर्ती विरुद्द केस गरे, थुप्रै नयाँ-नयाँ कुराहरु खुलासा भएका छन्। यस बीच सुशान्तका अधिकांस साथी र उनीसँग काम गर्नेहरु मिडियामा आएर महत्वपूर्ण कुराहरु खुलाईरहेका छन्। सुशान्तका ड्राइभर रहिसकेका अनिलले पनि केही अहम कुराहरुका रहस्योद्घाटन गरेका छन्।
१५-१६ घण्टा बिताउथे एकसाथ
सुशान्त सिन्हाको कुक देखि उनका गार्डसम्मले उनीसँग जोडिएका कैयन कुराहरु प्रकाशमा ल्याएका छन्। रिपब्लिक टिभीका पत्रकारसँगको कुराकानीमा सुशान्तका ड्राइभरले सुशान्तसँग उनले दैनिक १५-१६ घण्टासम्म समय बिताउने गरेको बताए। सुशान्तले उनलाई शूटिङमा लैजाने गरेको र सुशान्तलाई केही कुरा आवश्यक परेमा उनी आफैले लैजाने गरेको खुलाए। सुशान्तका ड्राइभर अनिलले सन् २०१८ मा सुशान्तसँग अढाई महिना काम गरेका थिए। उनलाई यो कुरा अचम्म लागिरहेको छ कि आखिर किन सुशान्तले अचानक बाँकी सबैलाई कामबाट निकाले।
स्टाफलाई निकालेका थिए कामबाट
आफूलाई किन कामबाट निकालेको भन्ने बारे आफू अनभिज्ञ रहेको अनिल बताउँछन्। शायद उनी रिसाएका हुन सक्ने अड्कल गर्छन तर उनलाई मात्र हैन २ ड्राइभर र एक बडीगार्डलाई पनि कामबाट निकालिएको थियो। हामीलाई काम बाट अचानक निकालिएको थियो, ठ्याक्कै मिति त याद छैन तर ‘केदारनाथ’ रिलिज हुदाँखेरि जतिबेला सुशान्त ‘छिछोरे’ को शूटिङ गरिरहेका थिए।
मर्न देखि डराउथे सुशान्त
सुशान्तको आ’त्मह-त्याबारे सवाल गर्दा उनले आफू पनि यसबारे यकिन नभएको बताए। सुशान्तले कदापि पनि आ’त्मह-त्या गर्न नसक्ने अनिलको विश्वास छ। विगतको एक घटना याद गर्दै अनि बताउँछन् – ‘एकपटक राति सुशान्त सरलाई पर्खिरहदा धेरै अबेर भएको थियो अनि म गाडीमै निदाएको थिए। सुशान्त सर आएर के तपाई निदाउनुभएको थियो भनेर सोध्दा मैले हैन भनेर ढाटेको थियो। तर उहाँले मेरो कुरा पत्याउनुभएन र आफै गाडी चलाउनुभयो। यसबाट थाहा हुन्छ उनलाई आफ्नो ज्यानको कति धेरै माया थियो भन्ने कुरा। आफ्नो ज्यानलाई यति धेरै माया गर्ने मान्छे कसरी आ’त्मह-त्या गर्न सक्छन्।