काठमाडौँका यी मुख्य २५ ठाउँ गरियो सिल!

काठमाडौँ, साउन ३० । अहिले संसारभर कोरोना भाइरसको त्रा-स  बढिरहेको छ ।  चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस अहिले संसारभर फैलिएको छ । त्यस्तै कोरोनाको त्रा-स नेपालमा पनि दिनप्रतिदिन बढिरहेको छ ।

लामो समयसम्म गरिएको लकडाउन खुकुलो भएपछि नेपालमा झन् कोरोना संक्रमित  बढिरहेका छन् । त्यसैले कोरोना संक्रमणको जोखिम धेरै भएको स्थानमा अहिले सिल गर्दै आइरहेको छ ।

त्यसैले काठमाडौँका विभिन्न स्थान पनि सिल गरिएको छ । असन,  रञ्जना गल्ली, भोटाहिटी, इन्द्रचोक, मखन टोल , भोसेको (रञ्जना गल्लीको उत्तरपट्टि), ओटो, गुँचाटोल र २७ नम्बर वडाको भोटाहिटी, न्युरोड सबै, भोटेबाहाल, लगनटोल, कुमारीगल लगायतका ठाउँमा सिल गरिएको  छ। सिल गरिएका सबै क्षेत्रमा कोरोना भाइरसको परीक्षण पनि गरिने र  अत्यावश्यक कामबाहेक अन्य कसैलाई पनि आवतजावत गर्न रोक लगाइएको छ ।

प्रकाशित : शुक्रबार, साउन ३०, २०७७०८:५२

लिदी पहिरो: ५ जनाको शव फेला, ३३ बेपत्ता