ज-लेको दाग हटाउन देखि छाला चम्किलो बनाउन यसरी प्रयोग गर्नुहोस कपुरको तेल!

कपुर हरेक घरमा पूजाको समयमा प्रयोग हुन्छ। तर के तपाईंलाई थाहा छ कपुर अरू थुप्रै तरिकाहरूमा पनि प्रयोग गरिन्छ। यसमा एन्टिबायोटिक र एन्टिफंगल गुणहरू हुन्छ। यो हाम्रो स्वास्थ्य र सुन्दरताको लागि धेरै फाइदाजनक छ। कपुर र कपुरको तेल दुबै हाम्रो लागि धेरै फाइदाजनक छ। जान्नुहोस् कपुर र कपुरको तेलका फाइदाहरु ..

छालामा कपुर तेलको प्रयोग गर्दा डण्डीफोरहरु हराउँछन्। यसले शरीर वा रहेका पुराना दागहरू पनि हटाउँछ। यो तनाव कम गर्न पनि प्रयोग गरिन्छ। यो तेल निधारमा वा कपालमा प्रयोग गर्नाले यसले तनाव कम गर्छ।

कपाल झर्ने र चायाँको समस्या छ भने कपुरको तेलले मसाज गर्नु लाभदायक हुन्छ। कापूरको तेलले कपाल छिटो बढ्छ साथै कपाल पनि मजबूत हुन्छ। यसको लागि कपुरको तेलमा दही मिलाएर कपालको जरामा लाउनुहोस। त्यसपछि आधा वा एक घण्टा पछि कपाल धुनुहोस्।

मनतातो पानीमा थोरै कपुरको तेल मिसाउनुहोस् र आफ्नो खुट्टा उक्त पानीमा केहि समयको लागि राख्नुहोस्। यसो गर्नाले पैताला सफा हुन्छ र खुट्टा  फुट्ने समस्या पनि दूर हुन्छ। यस्तै खुट्टाको संक्रमण वा फंगलबाट पनि छुटकारा मिल्छ। साथै, यस तेलले तपाईंलाई खुट्टाको दुखाइबाट पनि राहत दिन्छ।

यदि तपाईको छालामा ज-लेको वा का-टेको दाग छ भने, यसमा कपुर तेल प्रयोग गर्नु लाभदायक हुन्छ। यो तेल छालाको अन्य समस्याहरूको लागि पनि फाइदाजनक छ। सफा, स्वस्थ, चिल्लो र निर्दोष छालालको लागि तपाईं कपुर तेल प्रयोग गरन सक्नुहुन्छ। कपुरको तेल शरीरको आन्तरिक दुखाइमा पनि धेरै फाइदाजनक हुन्छ। यो तेल हल्का तताएर दुखाइ भएको ठाउँमा लगाउनाले राहत मिल्नेछ।

प्रकाशित : आइतबार, साउन ३२, २०७७१२:३०

घरमै गर्न सकिने यी ५ व्यायाम जसले १ महिनामा नै ल्याउँछ शरीरमा यस्तो परिवर्तन!