बार्सिलोनाको ओरालो यात्रा पश्चात मेस्सीको बहिर्गमन ? कता जालान् ?

एजेन्सी – च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बार्सिलोना बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखसँग २-८ ले पराजित भएपछि अहिले बार्सिलोनाका कप्तान सुपरस्टार लियोन मेस्सीको भविष्य बारे पुनः एकपटक चर्चा शुरु भएको छ।

बार्सिलोना व्यवस्थापनसँग समेत असमझदारीका कारण तथा बार्सिलोनाको खस्किँदो लयलाई लिएर मेस्सी निराश रहेको र त्यसले मेस्सीलाई बार्सिलोनाबाट बहिर्गमन तर्फ डोर्‍याउने धेरैले अनुमान गरिरहेका छन्।

मेस्सीले क्लबसँगको सम्झौता सकिएलगतै क्लब छाड्न लागेको भन्दै अहिले स्पेनका पत्र-पत्रिका तथा खेल पत्रकारहरु दाबि गरिरहेका छन्। उनीहरुका अनुसार मेस्सी पछिल्लो केहि समय देखि क्लबका उच्च अधिकारीहरु सँग समेत रुष्ट छन्।

बार्सिलोनासँग मेस्सीको चालु सम्झौता अनुसार उनी सन् २०२१ को जुन महिनासम्म क्लबमा रहनेछन्। सम्झौताको विशेष प्रावधान अनुसार मेस्सीले गत जुन १० अघि क्लब छाड्न चाहेको अवस्थामा क्लब छाड्न पाउने थिए । तर, उनले गत वर्ष क्लब नछाड्ने निर्णय गरका थिए। मेस्सीले बार्सिलोनाबाटै सन्यास लिने अनुमान गरिएता पनि पछिल्लो समय क्लबका अधिकारीहरुसँग मेस्सीको दूरी बढेको बताइन्छ।

बार्सिलोना छाडे कता होला मेस्सीको यात्रा ?

मेस्सीले अहिलेसम्म आफ्नो व्यवसायिक खेल जीवन बार्सिलोनामा मात्र बिताएका छन् । उनले स्पेनको ला-लिगा भन्दा अन्त्य शिर्ष लिग खेलेका छैनन्। जसकारण मेस्सीले बार्सिलोना त्यागेपछि कुन लिग रोज्छन् भन्ने कुराले विशेष महत्व राख्छन्। हाल रोनाल्डो इटालियन ‘सिरी ए’ मा रहेको हुँदा मेस्सी पनि सोहि लिगको कुनै एक क्लबमा जाने हुन् की भन्ने धेरैले अनुमान गरिरहेका छन्।

तर, आउने समयमा त्यस्तो हुने सम्भावना भने कमै देखिन्छ। कोरोना महामारीका कारण विश्वका धेरै जस्तो क्लब महँगा खेलाडी किन्न सक्ने अवस्था छैन। जसले गर्दा मेस्सीको इटालियन ‘सिरी ए’ यात्रा रोकिन सक्छ।

केहि फुटबल जानकारहरु मेस्सीको लागि अबको उत्कृष्ट गन्तव्य बेलायत हुने बताउँछन्। प्रिमियरलिगका धनि क्लबको रुपमा रहेका म्यानचेस्टर युनाइटेड र सिटि मध्ये एक मेस्सीको लागि उचित हुने बतान्छ।

लिभरपुल लेजेन्ड ग्राएम सुनेस मेस्सी म्यानचेस्टर युनाइटेड जान सक्ने विश्वास व्यक्त गर्छन्। उनका अनुसार मेस्सी म्याचेस्टर युनाइटेड वा सिटीबाट खेल्न सक्षम छन्।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७०६:५०

राउल जिमेनेजलाई रोनाल्डोको सुझाव – ‘युनाइटेड होइन युभेन्टस आउनु’