यी हुन् सबै भन्दा धेरै पढे-लेखेका बलिउड स्टारहरु, अभिनय मात्र नभई पढाईमा पनि थिए “ट्यालेन्ट”

बलिउडमा धेरै यस्ता स्टारहरु  छन् जसले फिल्म करियर बनाउने चक्करमा आफ्नो पढाइ पुरा गरेनन्। तर केहि यस्ता स्टारहरु छन् जसले आफ्नो पढाई पुरा गरे । उनीहरु बचपन देखि नै पढाईमा तेज थिए ।

१. जोन अब्राहम:

अभिनेता जोन अब्राहम बम्बई स्कटिक स्कूलमा पढेका हुन्। यसपछि उनले जय हिन्द कलेजबाट इकोनोमिक्समा स्नातक गरे। यति मात्रै नभई उनले एमबीए डिग्री पनि गरिसके।

२. प्रिती जिन्टा:

सुन्दरी नायिका प्रितीले कलेजको पढाई शिमलाको चर्चित सेन्ट बिड्ज कलेजबाट पुरा गरेकी थिइन्। उनले इंगलिसमा बीए पनि गरेकी छिन्। यति मात्रै नभई प्रितीले  क्रिमिनल साइकोलोजीमा मास्टर डिग्री हासिल गरेकी छिन्।

३.करिना कपूर:

करिना मुम्बईको जमनाबाई नारसी स्‍कूल र देहरादूनको वेल्‍हम गर्ल्‍स बोर्डिङ्ग  स्‍कूलमा पढेकी थिइन्। त्यसपछि मुम्बईको मिठीबाई कलेजमा उनले २ वर्षसम्म वाणिज्‍य विषयको अध्ययन गरिन। तर स्नातकको पढाई पुरा गरिनन्।

४. परिनिती चोपडा:

अभिनेत्री परिनितीको सुरुवाती पढाई कन्‍वेन्ट अफ जीसस एण्ड मेरीबाट भएको थियो। यसपछि उनि लन्डन गईन। यहाँ उनले म्यानचेस्टर बिजनेस स्कूलबाट व्यापार, वित्त र अर्थशास्त्रमा डिग्री गरिन।

५. अमिताभ बच्चन:

दिल्लीको किरोरी मल कलेजबाट  ब्याचलर सकाएका अमिताभ  बच्चनले  फिल्मी करियर सुरु गरे। यसपछि अमिताभलाई अस्ट्रेलियन युनिभर्सिटीद्वारा डक्टरेटको  डिग्रीबाट सम्मानित गरेको थियो।

६. शाहरुख खान:

शाहरुख खानले सेन्ट कोलम्बस स्कुलबाट स्कुलको पढाई सकाएका थिए। त्यसपछि उनले दिल्लीको चर्चित हंसराज कलेजबाट अर्थशास्त्र बिषयमा स्नातकको पढाई गरेका थिए। शाहरुखले जामिया मिलिया इस्‍लामिया विश्‍वविद्यालयबाट जनसंचारमा मास्टर डिग्री पनि हासिल गरे।  त्यसपछि उनले अभिनयलाई आफ्नो करियरको रुपमा रोजे।

७. विद्या बालन:

विद्याले मुम्बईको सेन्ट  एंथनी स्कुलबाट स्कुलको शिक्षा लिएपछि सेन्ट जेवियर कलेजबाट सामाज शास्‍त्रमा स्नातक गरिन।

८. अमीषा पटेल:

अमिषाले मुम्बईमा स्कुल पढेपछि मेसाचुसेट्सको  के टफ्स यूनिभर्सिटीबाट अर्थशास्‍त्रको पढाई गरिन।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७११:३०

यी हुन् बलिउडका भाग्यमानी अभिनेताहरु, जसले फ्लप हुँदा पनि हात फैलाउँदै हिड्नु परेको छैन