यी हुन् बलिउडका भाग्यमानी अभिनेताहरु, जसले फ्लप हुँदा पनि हात फैलाउँदै हिड्नु परेको छैन

एजेन्सी- बलिउड पछिल्लो समयमा नयाँ पुस्ताका कलाकारहरुले भरिन थालेको छ। कुनै एक जवानमा राम्रै चलेका कलाकारहरुले चलचित्र पाउन मुस्किल हुँदै गरेको रिपोर्टहरु आउने गरेका छन्।

पहिला हिट भएका कलाकारहरुलाई चलचित्रमा आजकल कमै मात्र देख्न पाइन्छ। प्रतिष्पर्धा बढेसंगै बलिउडमा पूराना कलाकार पलायन हुने क्रम पनि बढेको छ।

तर बलिउडमा यसता कलाकार पनि छन्,जो फ्लप हुँदा-हुँदै पनि लगातार काम पाइरहेका छन्। फ्लप हुँदा पनि, हीट हुँदा पनि काम पाइरहने बलिउड कलाकार निम्न छन्।

अरशद वारसी

अरशदले बलिउडमा सफल कमेडी अभिनेताको पहिचान बनाएका छन्। उनले आफ्नो बलिउड करियरमा धेरै सुपरहिट चलचित्र दिएका छन्। यस्तै उनको नाममा सुपरफ्लप चलचित्र पनि छन्। तर काम पाउने मामलामा भने उनलाई फल्प र हिटले फरक पारेको छैन। उनी काम पाइरहने कलाकारमा पर्छन्। जस कारण काम खोज्नलाई उनले कहिले पनि हात फैलाउँदै हिड्नु परेको छैन।

सैफ अली खान

बलिउडमा सैफको समय लगभग सकियो भनेर विश्लेषण हुन थालेको छ। पछिल्ला वर्षहरु आएका उनका चलचित्र प्राय फ्लप भएका छन्। तर पनि उनलाई कामको अफर भने आइरहने गरेको छ। बलिउडमा फ्लप भएता पनि उनले डिजिटल फिल्मी दुनियामा अन्य नायकले चाल पाउनुभन्दा अगाडीनै पकड बनाइसकेका छन्। उनलाई वेब सीरीजहरुको थूप्रो अफरहरु आउने गरेको छ।

रितेश देशमुख

कुनै समयमा मूख्य भूमिकामा देखिने रितेश पछिल्लो समय कमेडीमा जमेका छन्। कमेडीले रितेशको करियरलाई गति दिएको पनि बताउने गरिन्छ। फ्लप भएर पनि उनलाई फरक परेको छैन। लगातार फ्लप भएता पनि कमेडीमा उनको डिमाण्ड राम्रो रहेको छ। जसकारण फ्लप हुँदा पनि न उनले खाली बस्नु परेको छ न त हात फैलाउँदै।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७११:३९

पहिला रेखासँग विवाह गर्न चाहान्थे बलिउडका यी चर्चित खान, पछ्याउथे साइकलमा !