दैनिक संक्रमणका सबै रेकर्ड तोडियो, मृत्युमा पनि उच्च वृद्धि !

काठमाडौँ – नेपालमा अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित भेटिएका छन्। मंगलबार देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकै दिन एक हजार १६ जना संक्रमित फेला परेका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यति संख्यामा संक्रमित फेला परेको बताए। गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै आज संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

मंगलबार काठमाडौँ उपत्यकामा पनि अहिले सम्मकै बढी संक्रमित फेला परेका छन्। गौतमका अनुसार उपत्यकाका तीनै जिल्लामा गरी २ सय ५ जनामा काेराेनाको पुष्टि भएको छ।

काठमाडाैंमा मात्र १ सय सय ३८ संक्रमित थपिएको गौतमले बताए। भक्तपुरमा १७ र ललितपुरमा ५० जना संक्रमित थपिएका छन्। यस्तै प्रदेश २ काे जिल्ला सर्लाहीमा मात्रै एक सय ७ जनामा संक्रमित भेटिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ।

थप ७ जनाको मृ-त्यु

क्रोरोना भाइरस संक्रमणका कारण नेपालमा थप जनाको ज्यान गएको छ। प्रवक्ता गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एक–एक जनाको निधन भएको जानकारी दिए। निधन हुनेमा ६ जना पुरुष र एक महिला छिन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृ-त्यु भएको गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म १७ हजार ५८० जना संक्रमित निको भएका छन् ।
उनीहरू देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर १० हजार ५ सय ६३ सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित : मङ्गलबार, भदौ ०२, २०७७११:०६

बानेश्वरस्थित ‘बी एण्ड बी’ मिट शपमा २२ बोरा मरेको कुखुरा बरामद,!