राजा महाराजाको परिवारसँग सम्बन्ध राख्छन् यी भारतीय अभिनेत्रीहरु !

बलिउडमा यस्ता अभिनेताको पनि अभाव छैन जसको फिल्म जगतसँग कुनै सम्बन्ध छैन तर आफ्नै कडा मिहेनतले छाप छोड्न सफल भए। त्यस्तै कतिपय कलाकारहरूको भने पुर्खा देखि नै यस क्षेत्रमा छन्, उनीहरुले अभिनय कला विरासतमा प्राप्त गरे। यी सबै बीचमा यस्ता अभिनेत्रीहरू पनि छन् जसको राजा महाराजाको परिवारसँग सम्बन्ध छ र उनीहरूले ग्लैमर उद्योगमा आफ्नो पहिचान बनाए।

मोहिना कुमारी 

टिभी सीरियल ‘ये रिश्ता क्या कहलाता है’ फेम अभिनेत्री मोहिना कुमारी रेवा की राजकुमारी हुन्। मोहिना महाराजा पुष्पराज सिंह जुदेवकी छोरी हुन्। उनको विवाह उत्तराखण्डका मन्त्री तथा आध्यात्मिक गुरु सतपाल महाराजको छोरा सुयेश रावतसँग भयो। टिभी बाहेक, मोहिनाले पनि फिल्ममा काम गरिसकेकी छिन्। उनी रेमो डिसूजाको फिल्म ‘एबीसीडी: यानी बडी क्यान डान्स’ मा देखिएकी थिइन्। विवाह पछि भने मोहिना फिल्मी उद्योगमा देखा परेकी छैनन्।

अदिति राव हैदरी

अदिति राव हैदरी दुई शाही परिवारसँग सम्बन्ध राख्छिन्। एक मोहम्मद साहेल अकबर हैदरी र अर्को वनापार्थी परिवारका पूर्व राजा जे रामेश्वर राव। अदिति अकबर हैदारीको नातिनी हुन्। अदितिका मामा जे जे रामेश्वर राव तेलंगानाको वनपार्थिको राजा थिए। उनी आमिर खानकी श्रीमती किरण रावकी कजन हुन्।

सोहा अली खान 

सोहा अली खान पटौदी परिवारसँग सम्बन्धित छिन्। उनका पुर्खाहरू भोपालको पटौदी राज्यको नवाब थिए। सेफ र सोहाका बुबा मंसूर अली खान पटौदी भारतीय क्रिकेट टीमका कप्तानका साथै भोपालका नवाब पनि थिए।

भाग्यश्री 

भाग्यश्री महाराष्ट्रको सांगली राजपरिवारसँग सम्बन्ध राख्छिन्। उनका बुबा श्रीमन्त राजा विजयसिंह राव माधवराव पटवर्धन राजा थिए। भाग्यश्रीको पूरा नाम श्रीमन्त राजकुमारी भाग्यश्री राजे पटवर्धन हो।

सोनल चौहान 

फिल्म ‘जन्नत’ मा इमरान हाश्मीसँग काम गर्ने सोनल चौहान उत्तर प्रदेशको बुलंदशहरमा जन्मेकी थिइन्। सोनल उत्तर प्रदेशको मैनपुरीको एक राजपूत परिवारसँग सम्बन्धित छिन्।

रिया सेन 

रिया सेन शाही परिवारकी हुन्। उनका बुबा भरतदेव वर्मा त्रिपुरा शाही परिवारका सदस्य हुन्। उनकी हजुरआमा इला देवी कूचबिहारकी राजकुमारी थिइन्। इला देवीकी कान्छी बहिनी गायत्री देवी जयपुरकी महारानी थिइन्। रियाकी आमाकी हजुरआमा इंदिरा राजे बडोदाको सयाजीराव गायकवाड तेस्रोकी एक्ली छोरी थिइन्। रिया र राइमाकी आमा चर्चित अभिनेत्री मुनमुन सेन हुन्।

प्रकाशित : बुधबार, भदौ ०३, २०७७१५:३३

यी हुन् बलिउडका सबैभन्दा भव्य र महँगा फिल्म सेट, मूल्य सुन्दा अचम्म लाग्नेछ ! [मूल्य सहित]