मृत भनेर रातभरि मुर्दाघरमा राखे, बिहान जिउँदो बाहिर निस्किन् महिला

काठमाडौँ : रुसमा एक अनौठो अनि अपत्यारिलो घटना घटेको छ। रुसस्थित एक अस्पतालका डाक्टरले एक ८१ वर्षीय महिलालाई मृत घोषित गरेका थिए। त्यसपछि महिलालाई मुर्दाघरमा राखिएको थियो तर जब बिहान महिलाका आफन्तजन उनको शव लिन मुर्दाघर गए, सबैजना दंग परे अनि डराए पनि । किनकी रातभरी मरेको भनेर मुर्दाघरमा राखिएको उनी बिहान जीवित बाहिर निस्केकी थिईन्।

डेलीमेलको रिपोर्ट अनुसार महिलाको नाम जिनैदा कोनोनोवा(Zinaida Kononova) हो। जिनैदा पछिल्लो केही दिन अघि रुसको गोरशेचेन्स्की सेन्ट्रल डिस्ट्रिक्ट हस्पिटल(Gorshechensky Central District Hospital) मा भर्ती भएकी थिईन्। र १४ अगस्टमा हस्पिटलका डाक्टरले जिनैदालाई मृत घोषित गरेका थिए।

मृत घोषित भएपछि जिनैदाको शवलाई राति १:१० बजे मुर्दाघरमा पुर्याईएको थियो। तर बिहान ८ बजे जिनैदाको शव जब निकालियो तब उनलाई जीवित पाएर हस्पिटलका कर्मचारीहरु अचम्मित भए।

लापरवाहीको पराकाष्ठा नाघेको यस घटना सार्वजनिक भएसँगै घटनामा संलग्न डाक्टरलाई सस्पेन्ड गरिएको छ। यस बाहेक जिनैदाका घरपरिवारले हस्पिटल विरुद्द मुद्दा दायर गर्ने धम्की दिएका छन्।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०३:१४

ब्वायफ्रेण्ड तपाईसँग यस्तो व्यवहार गर्छ भने तुरुन्तै गरिहाल्नुस् ब्रेकअप