ब्वायफ्रेण्ड तपाईसँग यस्तो व्यवहार गर्छ भने तुरुन्तै गरिहाल्नुस् ब्रेकअप

कुनै पनि सम्बन्ध तब मात्र अघि बढ्छ जहाँ एक-अर्काप्रति सम्मान र प्रेम हुन्छ। पार्टनर्स बीचमा समझदारी हुन् अत्यन्तै जरुरी छ। यदि तपाई र तपाईको ब्वायफ्रेन्डबीच समझदारी र एक-अर्काका लागि इज्जत छैन भने रिलेशनशिप लामो समयसम्म टिक्न मुश्किल हुन्छ।

सम्बन्धमा बेला-बेलामा झगडा भैरहन्छ र त्यसले तपाईलाई मानसिक तनाव पनि दिन्छ। यदि तपाई आफ्नो सम्बन्धबारे अनिश्चित हुनुहुन्छ भने यस आर्टिकलबाट केही मद्दत लिन सक्नुहुन्छ। यदि तपाईले आफ्नो ब्वायफ्रेन्डबाट यस्तो सङ्केत पाउनुभएमा तुरुन्तै तपाईले सम्बन्धमा पूर्णविराम लगाउने बारे सोच्दा हुन्छ।

तपाईलाई वशमा राख्न खोज्छ। 

यदि तपाईको ब्वायफ्रेन्ड तपाईलाई अत्यन्तै नियन्त्रणमा राख्न खोज्छ भने ऊबाट दूरी बनाएर राख्नुमा नै तपाईको भलाई हुन्छ। जब चीजहरु यिनको मनले चाहे अनुसार हुन्नन् तब यिनीहरु हिंस्रक पनि हुन्छन्। तपाई कहाँ गएको कहाँबाट आएको को सँग आएको/गएको लगायतको पूरा जानकारी जान्न चाहन्छन्। कहिलेकाहीँ यिनीहरु तपाईलाई कहीं जानसमेत रोक लगाउँछन्। तपाईको कोसँग आउने-जाने गर्नुहुन्छ त्यसको बारेमा पनि अपडेट चाहन्छन्।

तपाईको तौरतरिकामा उठाउँछ सवाल

यदि तपाईको ब्वायफ्रेन्ड तपाईको कपडा लगाउने ढंग, खाने-पिउनेको शैली अथवा आदत आदिमा आपत्ति जनाउँछ भने ऊसँगको सम्बन्ध जत्ति चाँडो समाप्त गरियो त्यति नै राम्रो हुनेछ। यस किसिमको सम्बन्धले तपाईलाई एकदमै अत्यास लाग्ने बनाउँछ। जुन सम्बन्धमा कसैको नियन्त्रण र दबाव हुन्छ त्यस्तो सम्बन्धले लामो यात्रा तय गर्न सक्दैन।

तपाई आफ्नो राय पनि राख्न पाउनुहुन्न 

तपाई आफ्नो राय पनि राख्न पाउनुहुन्न र तपाईको सम्पूर्ण फैसला पनि तपाईको ब्वायफ्रेन्डले नै लिन्छ भने यो अत्यन्तै चिन्ताजनक स्थिति हो। यदि ऊसले तपाईलाई बोल्न पनि दिंदैन र साथीहरुक अगाडी तपाईलाई मौका दिनुको सट्टा तपाईको कुरा काट्छ भने यस्तो व्यक्तिको साथ छोड्नु नै समझदारीपूर्ण कदम हुन्छ।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७०६:५९

व्यापार गर्न छाताले ढाकियो मरण, भयो सर्वत्र आलोचना !