खेतमा भेटियो शंकास्पद खाल्डो, खोस्रेर हेर्दा उड्यो किसानको होशहवास !

काठमाडौँ : भारतको राजस्थानस्थित सिकर जिल्लाको मलकेडा गाउँमा दशरथ सिंहको खेतको कुनामा एक डिब्बा भेटियो।  त्यसमा कपास, कपडा र अन्य सामानहरु राखिएको थियो। त्यहीँ नजिक खाल्डो खनेको निशान थियो। दशरथ सिंहलाई शंकास्पद लाग्यो। केही गडबडी भएको आशंकामा उनले त्यहाँ खोस्रिन थाले। हातले नै अलि अलि गरेर माटो हटाउँदै गर्दा उनले बच्चाको औँलो भेट्टाए, जुन देखेर उनको होशहवास उड्यो । खाल्डोमा बच्चा गाडेको लागेर उनी हडबडाए। उनले तुरुन्तै यसबारे पञ्च गिरधारी सिंहलाई सूचना दिए। केहीबेरमै त्यहाँ ठुलो भीड जम्मा भयो। घटनाबारे प्रहरीलाई पनि तुरुन्तै जानकारी दिईयो। तर यसपछि प्रहरी प्रशासनको लापरवाहीको खेल सुरु भयो, जसकारण २६ घण्टापछिजमिनबाट भ्रुण निकालियो।

भ्रूणको सूचना पाएपछि एसआई अमर सिंह घटनास्थलमा पुगे। नियमानुसार प्रशासनले मेडिकल टिमलाई सूचना दिए। बेलुकासम्म पनि प्रशासनको तर्फबाट कोही पनि आएनन् प्रहरीबाहेक। राति भारी वर्षा हुन् लाग्यो।  त्यतिबेला प्रहरीका दुई हवल्दार निगरानीका लागि राखिएको थियो। जङ्गली जनावरले खाने डरले घटनास्थल वरीपरी काडेदार झाडी राखिएको थियो। बिहान १० बजेसम्म प्रहरी प्रशासनको पर्खाईमा बसिरह्यो। दिउँसो एक बजे तहसीलदार रजनी यादव पुगे।  त्यसपछि मेडिकल टिम पुगे। मेडिकल टिमले भ्रूणलाई प्रहरीको अगाडी खाल्डोबाट निकाले। पोस्टमार्टम पछि मेडिकल टिमले भ्रूण लिएर गए। यसबीच त्यहाँ गाउँका थुप्रै मानिसको भीड जम्मा भईसकेको थियो। दशरथ सिंहले रिपोर्ट दिएपछि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेका छन्। एसआई अमरसिंहले भ्रूण कसले गाडेर गएको हो त्यसबारे अनुसन्धान गरी छिट्टै अपराधी सार्वजनिक गर्ने बताएका छन्।

प्रकाशित : शुक्रबार, भदौ ०५, २०७७११:१९

किन पानी छोडेर जमीनमा बस्न लागे यी माछा ?