काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना कोरोना संक्रमित फेला पार्न नेपालमा एक लाख भन्दा बढी खर्च भइरहेको बताएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना संक्रमित फेला पर्न १ लाख रुपैंया खर्च भइरहेको जानकारी गराएका हुन्।
प्रवक्ता गौतमले अहिले सम्म नेपालमा ३० हजार ४ सय ८३ जनामा पिसीआर परीक्षण गरिएको बताए। प्रत्येक पिसीआर परीक्षण गर्दा पीपीइ बाहेक ल्याबमा मात्रै ५ हजार ५ सय खर्च हुने उनको भनाई छ। यस हिसाबले अहिले सम्म परीक्षणमा मात्र सरकारको ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च भइसकेको छ।
३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय खर्च गरेर परीक्षण गर्दा ३० हजार ४ सय ८३ जना संक्रमित फेला परेको अर्थमा एक संक्रमित फेला पार्न १ लाख ४ हजार ६ सय ३० खर्च भैरहेको उनले बताए।
घर-बाहिरमा ननिस्किदा तथा निस्किनै परे स्वास्थ्य सुरक्षामा मापदण्ड अपनाउँदा सरकारको १ लाख भन्दा बढी रकम जोगिने भन्दै गौतमले सतर्कता अपनाउन विशेष अनुरोध गरे।