काठमाडौँ – कोरोनाका कारण अहिले सम्मकै बढी व्यक्तिको निधन भएको छ। शुक्रबार देशका विभिन्न जिल्लाहरुमा गरी अहिले सम्मकै बढी ११ जनाको ज्यान गएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर दोलखा र प्युठानका एक एक जनाको निधन भएको छ। पछिल्लो मृत्यु भएहरुमा दोलाखाकी एक महिला छन् भने अन्य सबै पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ ।
२४ घण्टामा थप २ सय जना भन्दा बढी कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमितहरु मध्ये २ सय ५० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिए। यस संख्यामा संक्रमणमुक्त भएसँगै नेपालमा निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।
साथै नेपालका भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला गरी ४ जिल्ला कोरोना रहित रहेका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो !
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३० हजार नाघेको छ। शुक्रबार ८ सयजना भन्दा बढीमा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० नाघेको हो।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर परीक्षणबाट ८ सय ३८ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।
उनका अनुसार देश भर गरिएको १३ हजार ५७९ परीक्षणबाट यो संख्याका संक्रमित फेला परेका हुन्। नयाँ थपिने संक्रमितहरु मध्ये २ सय ९२ महिला र ५ सय ४६ जना पुरुषमा रहेको उनले जानकारी दिए। याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।